हिमालयन ग्लोरी स्कुलको अभिभावक दिवस सम्पन्न

हिमालयन ग्लोरी स्कुलको अभिभावक दिवस सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २ । हिमालयन ग्लोरी इङ्गलिश स्कुलको आयोजनामा अभिभावक दिवस, विद्यार्थी–शिक्षक सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षाको गुणात्मक विकास समृद्ध समाजको मेरुदण्ड भएको बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकको सामूहिक प्रयासबाट मात्र शैक्षिक लक्ष्य हासिल गर्न सकिने बताए। उनले नयाँ पुस्तामा पठन संस्कृतिको विकास गर्न नगरपालिकाले जनज्योति पुस्तकालय सञ्चालनमा ल्याएको जानकारी पनि दिए।

प्रमुख प्रजापतिले शैक्षिक क्षेत्रमा हुने बन्द र हड्तालले विद्यार्थीको भविष्यमा असर पर्ने भन्दै विद्यालयहरू निर्बाध रूपमा सञ्चालन हुनुपर्ने बताए।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्णराम त्वानाबासुले विद्यालयले नैतिकता, अनुशासन र सीपयुक्त जनशक्ति उत्पादनमा केन्द्रित भएर शिक्षा प्रदान गर्दै आएको बताए। विद्यालय व्यवस्थापन समितिका सदस्य रविन्द्र खर्बुजाले भक्तपुरको शैक्षिक लगानीको प्रतिफल समाज विकासमा देखिन थालेको उल्लेख गरे।

इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले विद्यार्थी, शिक्षक र अभिभावक तीनै पक्षमा अध्ययनप्रति रुचि हुनुपर्ने बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशराम वैद्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थी, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा लामो समयदेखि सेवा पु¥याएका शिक्षक–कर्मचारीलाई सम्मान गरिएको थियो।

कार्यक्रमपछि प्लेग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले २४ वटा सांस्कृतिक प्रस्तुति दिएका थिए।

Published Date: 16 March 2026


ताजा
अमेरिकाको भिसा नियम कडा: नेपालीले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने
‘गौँथली’ : चर्चाभन्दा कमजोर कथा र पुरानै शैलीको प्रस्तुति
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न