दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रहरी पुगे उनकै घर

दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रहरी पुगे उनकै घर : Icon Khabar

काठमाडौं, फागुन १७ । दुर्गा पर्साइलाई प्रहरी उनको घरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो । । प्रहरीका एक अधिकारीले प्रसाईँलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेको जानकारी दिए ।

पटक पटक पक्राउ र रिहा हुँदै आएका प्रसाईँलाई पक्राउ गर्न प्रहरी आइतबार बिहानै उनको भक्तपुरस्थित घरमा पुगेको हो । आज बिहान ६ बजे नै भक्तपुरको प्रहरी टोली निवास वरिपरि तैनाथ थियो । उनलाई पौने आठ बजेतिर पक्राउ पुर्जी थमाएर प्रहरीले पक्राउ गरेको हो।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा प्रसाईँले चुनाव बिथोल्ने अभिव्यक्ति दिँदै आएका छन् ।

उनी केही दिनअघि मात्रै सर्वोच्चको आदेशमा रिहा भएका थिए । राजावादी अभियन्ता प्रसाईँसँग सरकारले पटक पटक वार्ता गरे पनि उनले आफ्ना माग पूरा नभएको बताउने गरेका छन् ।

Published Date: 01 March 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय