सही समयावधिमै किन औषधि खानुपर्छ ?

सही समयावधिमै किन औषधि खानुपर्छ ? : Icon Khabar
प्रतीकात्मक तस्बिर

काठमाडौं, फागुन ६ । कुनै पनि रोगको निदानपछि चिकित्सकले बिरामीलाई निश्चित औषधि खान सिफारिस गर्छन्। चिकित्सकको प्रेसक्रिप्सनका आधारमा नै फर्मासिस्टले ती औषधि दिने गर्छन्।

फर्मासिस्टले दिएको जानकारीलाई राम्रोसँग बुझेर मात्र बिरामीले कुनै पनि औषधिको सेवन गर्नुपर्छ। जसमध्ये एक हो, औषधिको राइट ड्युरेशन अर्थात् सही समावधी।

औषधिमा गोलो लगाएर खाना अघि र पछि खानु भन्नु मात्र फर्मासिस्टको काम होइन। औषधिको सही समावधि बुझाउनु पनि मुख्य जिम्मेवारी हो। बिरामीले पनि आफु खुशी औषधिको समय तोकेर खानु हुँदैन। फर्मासिस्टले दिएको निर्देशन अनुसार नै खानुपर्छ।

कुनै औषधि दिनमा चार पटक खाने भनिएको छ भने दिनमा ६/६ घण्टाको फरकमा खानुपर्छ। दिनमा चार पटक भनेको छ भने बिरामी आफैँले मनलाग्दी तरिकाले चार पटक खाने होइन। सही समयको ग्याप हुनुपर्छ।

कुनै औषधि ८/८ घण्टाको फरकमा खान भनिएको छ भने बिरामीले आफ्नो अनुकुल हिसाबले दिनमा तीन पटक खाएमा त्यसले जुन प्रभावकारिताका साथ काम गनुपर्ने हो त्यो नगर्न सक्छ। दिनमा चार पटक भनिएको छ भने ६/६ घण्टामा र दिनमा तीन पटक भनिएको छ भने ८/८ घण्टाको फरक खानुपर्छ।

औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्यसले साइड इफेक्ट (नकारात्मक असर) पनि निम्त्याउन सक्छ। त्यसैले परामर्श गर्नेले पनि बिहान, दिउँसो, बेलुका भनेर मात्र नभई समयको सही ज्ञानबारे सही परामर्श गर्न पनि उत्तिकै आवश्यक छ। त्यसैले फर्मासिस्ट आफैँले समय नै किटान गरेर लेखिदिए बिरामीले सोही समयमा आफैँ औषधि खान सकिन्छ।

दिनमा चार पटक खानु भनेर मात्र हुँदैन। बिरामीले आफ्नो हिसाबले समय नमिलाएर खान नसक्ने हुँदा फर्मासिस्ट आफैँमा यति यति घण्टाको फरकमा औषधि खानु भनेर प्रष्टसँग लेखिदिए बिरामीलाई सही समयमा औषधि खान सहज हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 February 2026