बनेपामा टिपर–स्कुटर ठोक्किँदा चालकको मृत्यु, आक्रोशित भीडले टिपरमा आगजनी

बनेपामा टिपर–स्कुटर ठोक्किँदा चालकको मृत्यु, आक्रोशित भीडले टिपरमा आगजनी : Icon Khabar

काठमाडौँ, फागुन ६ । अरनिको राजमार्ग अन्तर्गत बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।

बनेपाको चाँदनी चोकमा आज बिहान भएको दुर्घटनामा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन्। घाइतेको अवस्था बारे थप विवरण आउन बाँकी रहेको छ।

प्रहरीका अनुसार बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि आक्रोशित स्थानीय बासिन्दाले टिपरमा आगजनी गरेका छन्। घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ भने अवस्था नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Published Date: 18 February 2026
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी