सोमबार नेप्से परिसूचक ८.१६ अंकले घट्यो

सोमबार नेप्से परिसूचक ८.१६ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, फागुन ४ । सोमबार सेयरबजार परिसुचक नेप्सेमा गिरावट आएको छ । आज नेप्से ८.१६ अंकले घटेर २ हजार ६६२.९१ विन्दुमा कायम भएको हो ।

आज सेयरबजारमा कुल ३३५ कम्पनीका सेयर कारोबार भएका छन् । ती मध्ये ८६ कम्पनीका सेयरमूल्य बढेका छन् । १६३ कम्पनीका सेयरमूल्यमा भने गिरावट आएको छ ।आज सेयरबजारमा १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम गत विहीबारको तुलनामा २८.४६ प्रतिशतले कमी हो ।

आज सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये वित्त, होटेल तथा पर्यटन र उत्पादनशील समूहका परिसूचक सकारात्मक रहेका छन् । अरु बाँकी सबै समूहका परिसूचकमा गिरावट आएको छ ।सबैभन्दा धेरै जलविद्युत समूहको परिसूचक १.०२ प्रतिशतले घटेको छ । वुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी, रिलायन्स् स्पिनिङ मिल्स् तथा साल्पा विकास बैंक लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने खानीखोला हाइड्रोपावर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक तथा मञ्जुश्री फाइनान्स् लिमिटेडका डिवेञ्चरमा लगानीकर्ता रहेका छन् ।

Published Date: 16 February 2026


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर