जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका ७ कैदीबन्दी पक्राउ

जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका ७ कैदीबन्दी पक्राउ : Icon Khabar

काठमाडौं, फागुन ४ । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका ७ कैदीबन्दी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा रसुवाको उत्तरगया गाउँपालिका–१ घर भएका ४१ वर्षीय तेन्जिङ बहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका–४ का २० वर्षीय प्रितम गुरुङ, कन्चनपुरको पुनर्वास नगरपालिकाका २३ वर्षीया बबिता तामाङ, काभ्रेका २२ वर्षीय विक्रम नेपाली, दोलखाका २७ वर्षीय भूवन तामाङ, सिन्धुलीका २० वर्षीय अनिश मगर र भारतका रोशन साह छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र मातहतको टोलीले पक्राउ गरेको हो । उनीहरू चोरी, डाँका, मानव बेचबिखन तथा ओसार पसार, लागु औषध ज्यान मार्ने उद्योग कसुरको अभियुक्त हुन् ।

Published Date: 16 February 2026


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली