काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो, ठूलो मानवीय क्षति भएको आशंका : Icon Khabar

काठमाडौं, माघ २७ । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापमा दुर्घटनाग्रस्त भएको छ। मन्थली नगरपालिका-६ क्षेत्रमा बस तामाकोशी नदीमा खस्दा ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ। घटनास्थलमा रहेका अनेरास्ववियु रामेछाप संयोजक गोपाल थोकरका अनुसार दुर्घटनापछि केही शव नदीमा बगिरहेको अवस्थामा देखिएका छन्। उनका अनुसार स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू तत्काल उद्धार कार्यमा जुटेका छन्।

दुर्घटनाग्रस्त बसको नम्बर र यात्रु संख्या हालसम्म यकिन हुन नसकेको जनाइएको छ। प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ। रामेछापका डीएसपीले हाल उद्धार कार्य निरन्तर जारी रहेको जानकारी दिँदै घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताएका छन्।

Published Date: 10 February 2026


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी