मंगलबार नेप्से परिसूचक १२.५८ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक १२.५८ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, माघ २० । सेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से १२.५८ अंकले घटेर २ हजार ६८३.१५ विन्दुमा कायम भएको हो ।

आज सेयरबजारमा ३२२ कम्पनीका सेयर किनबेच भएको छ । त्यसमध्ये ६६ कम्पनीका सेयरमूल्य बढेका छन् भने १९० कम्पनीका सेयरमूल्यमा भने गिरावट आएको छ ।

आज कुल १ करोड ८७ लाख ३ हजार १८३ कित्ता सेयर ८ अर्ब ६३ करोड १५ लाख १३ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम सोमबारको तुलनामा ४१ करोड रुपैयाँले बढी हो । आज सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये होटेल तथा पर्यटन, उत्पादनशील तथा म्युचुअल फण्ड समूहको परिसूचकमा सुधार आएको छ ।

वाणिज्य बैंक, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहका परिसूचकमा गिरावट आएको छ । कालिञ्चोक दर्शन लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड तथा मेगा म्युचुअल फण्डका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने सान्भी इनर्जी, पिओर इनर्जी तथा शिवश्री हाइड्रो पावरका सेयरधनी रहेका छन् ।

Published Date: 03 February 2026


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी