जमलमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा दुर्घटना

जमलमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा दुर्घटना : Icon Khabar

काठमाडौँ, माघ १३ । राजधानीको व्यस्त क्षेत्र जमलमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। मंगलबार मध्याह्न करिब साढे १२ बजे भ्यान, मोटरसाइकल र स्कुटर आपसमा ठोक्किएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो। घटनापछि प्रहरी तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको छ।

दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। एसपी भट्टराईका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 January 2026