राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०११ को जनगणनाको नतिजाका आधारमा हुने: प्र निर्वाचन आयुक्त थपलिया

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०११ को जनगणनाको नतिजाका आधारमा हुने: प्र निर्वाचन आयुक्त थपलिया : Icon Khabar

काठमाडौं, फागुन ८ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०११ को जनगणनाको नतिजाका आधारमा हुने बताएका छन्।

सोमबार नयाँ बानेश्वरस्थित इन्टरनेशनल कन्भेन्सन सेन्टरमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको भोटिङको आधारमा मतभार निर्धारण गरिने बताए।

उनले एक दशकअघि भएको जनगणनाका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानूनको अनुसूची १ मा उल्लेख भएको मतको वजनका आधारमा निर्वाचन हुने स्पष्ट गरे ।

निर्वाचन ऐनमा भर्खरै सम्पन्न जनगणनाको नतिजाका आधारमा भोटको तौल निर्धारण गर्ने व्यवस्था भए पनि आयोगले २०२१ को जनगणनाको आधिकारिक नतिजा नआएकाले २०११ को जनगणनालाई आधार मान्नुपरेको उनले बताए । चैत २१ गते हुने निर्वाचनका लागि दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । थपलियाका अनुसार प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

Published Date: 20 February 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय