राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०११ को जनगणनाको नतिजाका आधारमा हुने: प्र निर्वाचन आयुक्त थपलिया

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०११ को जनगणनाको नतिजाका आधारमा हुने: प्र निर्वाचन आयुक्त थपलिया : Icon Khabar

काठमाडौं, फागुन ८ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०११ को जनगणनाको नतिजाका आधारमा हुने बताएका छन्।

सोमबार नयाँ बानेश्वरस्थित इन्टरनेशनल कन्भेन्सन सेन्टरमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको भोटिङको आधारमा मतभार निर्धारण गरिने बताए।

उनले एक दशकअघि भएको जनगणनाका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानूनको अनुसूची १ मा उल्लेख भएको मतको वजनका आधारमा निर्वाचन हुने स्पष्ट गरे ।

निर्वाचन ऐनमा भर्खरै सम्पन्न जनगणनाको नतिजाका आधारमा भोटको तौल निर्धारण गर्ने व्यवस्था भए पनि आयोगले २०२१ को जनगणनाको आधिकारिक नतिजा नआएकाले २०११ को जनगणनालाई आधार मान्नुपरेको उनले बताए । चैत २१ गते हुने निर्वाचनका लागि दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । थपलियाका अनुसार प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

Published Date: 20 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?