धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेकोले वीरगञ्जमा आज बिहानैदेखि प्रदर्शन

धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेकोले वीरगञ्जमा आज बिहानैदेखि प्रदर्शन : Icon Khabar

जनकपुरधाम, पुस २० । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ ।

धनुषा र पर्सासहित मधेशका आठैवटा जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । एक उच्च सुरक्षा अधिकृतले ‘संवेदनशील परिस्थिति’का कारण सतर्कता बढाइएको बताए ।

केही दिन अगाडि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाहरुले टिकटकमा हिन्दुस्तानको नाम लिँदै एक भिडियो पोष्ट गरेका थिए । धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको भिडियो बनाइएको भन्दै ती दुई युवालाई स्थानीय अगुवाहरुले प्रहरीको जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेको बेला पक्राउ गरिएको भन्दै केही युवाहरु आक्रोशमा आए । त्यही बेला मस्जिदमा आक्रमण समेत भएको थियो । आक्रमणमा संलग्न व्यक्तिलाई पनि पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बम बताउँछन् ।

सोही घटनालाई लिएर वीरगञ्जमा आज बिहानैदेखि प्रदर्शन भइरहेको छ ।

Published Date: 04 January 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर