निर्वाचन आयोगले निर्वाचन आचार–संहिता उल्लङ्घन गरे कारबाही गर्ने

निर्वाचन आयोगले निर्वाचन आचार–संहिता उल्लङ्घन गरे कारबाही गर्ने : Icon Khabar

काठमाडौं, पुस २० । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले निर्वाचन आचार–संहिता कडाइका साथ लागू गरेको छ ।

आयोगले सरकारी तथा अर्धसरकारी निकाय, सार्वजनिक संस्था तथा राजनीतिक दललाई आचारसंहिता पालना गर्न कडा निर्देशन दिएको छ ।

आयोगका अनुसार सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा गतिविधि गर्न नपाउने व्यवस्था गरिएको छ । कुनै पनि परियोजना, स्रोत, साधन अथवा सार्वजनिक सम्पत्ति चुनावी प्रयोजनमा प्रयोग भएमा कडा कारबाही गरिने चेतावनी आयोगले दिएको छ ।

निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा तथा निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरूमा अवरोध पुर्याउने, सामग्री तथा सूचनामा हेरफेर गर्ने वा बिगार्ने कार्यलाई गम्भीर अपराध मानिने आयोगले जनाएको छ। साथै, सरकारी कार्यालय, विश्वविद्यालय, विद्यालय तथा महाविद्यालयको परिसर प्रयोग गरी चुनावी भेला वा प्रचारप्रसार गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

आचारसंहिताले चुनावी चिन्ह अंकित पहिरन, सामग्री र साङ्केतिक वस्तुको प्रयोग, बिक्री तथा प्रदर्शन लाई पनि प्रतिवन्ध लगाएको छ । घरधनीको अनुमति बिना निजी घर–जग्गामा राजनीतिक गतिविधि गर्न नपाइने व्यवस्था लागू गरिएको छ भने बालबालिकालाई प्रचार–प्रसारमा प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ।

Published Date: 04 January 2026
ताजा
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय