सुदूरपश्चिम सरकार पाँच वर्ष टिक्छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम सरकार पाँच वर्ष टिक्छ : मुख्यमन्त्री शाह : Icon Khabar

काठमाडौं, फागुन ८ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वमा रहेको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिने र पाँच वर्षसम्म चल्ने विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले आफ्नो सरकारको दिगोपनाबारे विभिन्न किसिमका भ्रम फैलाइएको बताए ।

‘सबैसँग खुला छलफल भइरहेको छ, छिट्टै निष्कर्षमा पुग्छौँ,’ प्रदेश मध्यावधि निर्वाचनको डरलाई मेटाउँदै मुख्यमन्त्रीले भने । उनले संवैधानिक जिम्मेवारी पूरा गर्ने बताउँदै आफ्नो नेतृत्वमा रहेको सरकार जनताको चाहना अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको बताउँदै मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्को पहिलो बैठकले भ्रष्टाचार नियन्त्रण कार्यविधि तर्जुमा समिति गठन गरी त्यसका लागि काम अघि बढाएको बताए ।

उनले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी सिर्जनामा ​​प्रदेश सरकारले ध्यान दिने बताए ।

माघ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आजसम्म विश्वासको मत लिएका छैनन् । प्रदेशमा सरकार बनाउन प्रदेशसभाका २७ सदस्यको समर्थन आवश्यक छ । सुदूरपश्चिम प्रदेशसभामा कुल ५३ सदस्य छन् ।

मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका चार गरी २३ सदस्यको समर्थन छ ।

Published Date: 20 February 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै