सुदूरपश्चिम सरकार पाँच वर्ष टिक्छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम सरकार पाँच वर्ष टिक्छ : मुख्यमन्त्री शाह : Icon Khabar

काठमाडौं, फागुन ८ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वमा रहेको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिने र पाँच वर्षसम्म चल्ने विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले आफ्नो सरकारको दिगोपनाबारे विभिन्न किसिमका भ्रम फैलाइएको बताए ।

‘सबैसँग खुला छलफल भइरहेको छ, छिट्टै निष्कर्षमा पुग्छौँ,’ प्रदेश मध्यावधि निर्वाचनको डरलाई मेटाउँदै मुख्यमन्त्रीले भने । उनले संवैधानिक जिम्मेवारी पूरा गर्ने बताउँदै आफ्नो नेतृत्वमा रहेको सरकार जनताको चाहना अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको बताउँदै मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्को पहिलो बैठकले भ्रष्टाचार नियन्त्रण कार्यविधि तर्जुमा समिति गठन गरी त्यसका लागि काम अघि बढाएको बताए ।

उनले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी सिर्जनामा ​​प्रदेश सरकारले ध्यान दिने बताए ।

माघ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आजसम्म विश्वासको मत लिएका छैनन् । प्रदेशमा सरकार बनाउन प्रदेशसभाका २७ सदस्यको समर्थन आवश्यक छ । सुदूरपश्चिम प्रदेशसभामा कुल ५३ सदस्य छन् ।

मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका चार गरी २३ सदस्यको समर्थन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 February 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित