नयाँ नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ देशव्यापी प्रदर्शनमा

नयाँ नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ देशव्यापी प्रदर्शनमा : Icon Khabar

काठमाडौं, पुस ४ । फ्राइडे रिलिज अन्तर्गत आज पुस ४ गते शुक्रबारदेखि वर्षकै प्रतिक्षित मध्येको एक नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ देशव्यापी प्रदर्शनमा आएको छ । अर्जुन घिमिरे ‘पाँडे’ द्वारा निर्देशित यो फिल्म निर्माणको क्रमदेखि नै दर्शकको प्रतिक्षाको सूचिमा रहेको छ ।

यो फिल्मले नेपालको वर्तमान परिस्थितिका साथै समसामयिक विषयको उठान गरेको छ । फिल्ममा पुराना स्थापित, अग्रज कलाकारका साथै नयाँ पुस्ताका कलाकारको अभिनयले यसलाई थप सशक्त बनाएको निर्माण पक्षको भनाइ छ । अर्को कुरा, यो फिल्मलाई काठमाडौं महानगरका मेयर बालेनको समेत साथ रहेकाले पनि यो दर्शकको प्रतिक्षाको सूचिमा रहेको फिल्म हो ।

यसबाहेक, पछिल्ला केही समययता प्रायः दर्शकलाई भावुक बनाउने, पारिवारिक विषयवस्तु समेटिएका फिल्मले वर्चस्व कायम गरिरहेको बेला ‘झरिपछिको इन्द्रेणी’ मा भने दर्शकले हास्यरससमेत पाउने अपेक्षा गरिएको छ । सिनेमा हलमा लामो समयदेखि कमेडी पञ्चलाइनसहितका फिल्म प्रदर्शन भएका छैनन् ।

यो फिल्मका निर्देशक तथा लेखक अर्जुन घिमिरे ‘पाँडे’ भने आफैँमा कमेडीका खानि हुन्, उनले आफ्नो फिल्ममा कमेडीका पञ्चलाइनहरुलाई उचित स्थान दिएको अनुमान गर्न सकिन्छ । पाँडे आफैँमा राम्रो कमेडी गर्दै दर्शक हँसाउन खप्पिस कलाकार हुन् । यो फिल्ममा उनी आफैँले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

यो फिल्मको अर्को शसक्त पक्ष भनेको फिल्मको गीतमा मेयर बालेनको सहकार्य छ । उनकै शब्द, संगीत तथा स्वरमा बनेको फिल्मको ओएसटीलाई दर्शकले मन पराइसकेका छन् ।

यी कारणले समेत यो फिल्मले गत मंसिर महिनामा सुख्खा प्रायः भएको नेपाली फिल्मको बक्स अफिसमा हरियाली ल्याउन सक्ने अनुमान गरिएको छ । बक्स अफिमा यो वर्षको सबैभन्दा सफल फिल्म ‘परान’ पछि प्रदर्शनमा आएका फिल्मले उल्लेख आम्दानी गर्न सकेका छैनन् । त्यसैले पनि ‘झरिपछिको इन्द्रेणी’ ले व्यवसायिक रुपमा समेत आफूलाई सशक्त सावित गर्ने अनुमान गरिएको छ ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको यो फिल्ममार्फत अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । अमेरिकामा बसोबास गर्दै आइरहेका कलाकार उप्रेती यही फिल्मका लागि स्वदेश फर्किएका थिए ।

यो फिल्ममा उप्रेतीसंगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे ‘पाँडे’, प्रियना आचार्य ‘मुन्नी’, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई आदि कलाकारको मुख्य भूमिका रहेको छ ।

त्यसो त यही फिल्मबाट दुई नयाँ अनुहारहरु विमोचन दवाडी तथा जेसिका पोखरेलले डेब्यू गर्दैछन् । फिल्ममा बाल कलाकारमा दिप्सन चिलवालले अभिनय गरेका छन् । फिल्मको एउटा गीतमा मोडल अञ्जली अधिकारी तथा कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिएका छन् ।

निर्देशक घिमिरेकै कथामा बनेको यो फिल्मको पटकथा तथा संवाद लेखन भने गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । फिल्मका छायांकार बुद्ध थापा हुन् । यो फिल्ममा अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा तथा राम कार्की सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेका छन् ।

Published Date: 19 December 2025
ताजा
पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार: २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
आइतबार नेप्से परिसूचक ५४.५१ अंकले बढ्यो
मन्त्री चौलागाईंद्वारा तातोपानी–खासा नाका जोड्ने अरनिको राजमार्गका जीर्ण खण्डहरूको अवलोकन
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता