भारत, पुस ३ । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण गम्भीर अवस्थामा पुगेको छ ।
दिल्ली सरकारले स्कुलहरु बन्द गर्ने निर्णय गरेको छ । साथै निजी कार्यालयहरुमा ५० प्रतिशत कर्मचारीलाई अनिवार्य रुपमा वर्क फ्रम होम अर्थात् घरमै बसेर काम गराउन भनिएको छ ।
प्रदूषणका कारण निर्माण कार्य ठप्प भएको छ । यसबाट प्रभावित मजदुरको बैंक खातामा १० हजार रुपैयाँ सरकारले ट्रान्सफर गरिदिने भएको छ ।
दिल्लीको एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्सले ५०० पार गरेको छ । यो भनेको मानव स्वास्थ्यका लागि गम्भीर हो । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार १५० भन्दा माथिको एक्युआई मानिसका लागि अस्वस्थकर हुन्छ ।
काठमाडौंलगायत देशका अरु ठूला सहरमा पनि वायु प्रदूषणको अवस्था अस्वस्थकर अवस्थामा पुगेको छ। अहिले काठमाडौंको एक्युआई १५० नाघेको छ ।
वायु प्रदूषणको असर प्रमुख रूपमा श्वासप्रश्वास प्रणालीलाई वा फोक्सोमा पर्ने भए पनि यसले हृदयाघात मस्तिष्काघात वा पक्षाघात हुनसक्ने सम्भावना बढाउने विज्ञहरु बताउँछन्। संसारभरि मृत्युका कारण हेर्ने हो भने पहिलो दुईमा दम र मुटुसँग सम्बन्धित रोग छन्। यी दुवैको मूल कारकको रूपमा वायु प्रदूषणलाई लिइन्छ।
वायु प्रदूषण बढी भएका बेला त्यसले पार्ने असरबाट जोगिन घरबाट खासगरी पहिलादेखि नै रोग भएका, बालबालिका र वृद्धलाई बाहिर ननिस्किन चिकित्सकहरु सुझाव दिन्छन् । घरबाट निस्किनैपर्ने भए मास्कको प्रयोग गर्ने र त्यसमा पनि एयर फिल्टर राख्ने गर्नुपर्छ।
Published Date: 18 December 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1