काठमाडौँ, मंसिर २८ । काभ्रेमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
आइतबार बिहान अन्दाजी साढे ९ बजेतिर बिपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका-२ पातलेमा बागमती प्रदेश ०१-००६ ख ४८०८ नम्बरको बसले पैदल यात्रुलाई ठक्कर दिएको हो।
ठक्करबाट स्थानीय वृद्धको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रामेश्वर त्वातिले जानकारी दिए।
उनका अनुसर मृतक नमोबुद्ध-२ का ८२ वर्षीय पोटबहादुर कटुवाल छन्।
अरनिको एक्सप्रेस बसको ठक्कर पछि चालक जिल्ला प्रहरी कार्यालय काभ्रेको सम्पर्कमा पुगेका छन्। स्थानीयले क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरोध गरेका छन्।
प्रहरीले शवको मुचुल्का गरी राजमार्गको अवरोध खुलाउन पहल गरिरहेका छन्।
Published Date: 14 December 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1