काभ्रेमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

काभ्रेमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु : Icon Khabar

काठमाडौँ, मंसिर २८ । काभ्रेमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

आइतबार बिहान अन्दाजी साढे ९ बजेतिर बिपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका-२ पातलेमा बागमती प्रदेश ०१-००६ ख ४८०८ नम्बरको बसले पैदल यात्रुलाई ठक्कर दिएको हो।

ठक्करबाट स्थानीय वृद्धको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रामेश्वर त्वातिले जानकारी दिए।

उनका अनुसर मृतक नमोबुद्ध-२ का ८२ वर्षीय पोटबहादुर कटुवाल छन्।

अरनिको एक्सप्रेस बसको ठक्कर पछि चालक जिल्ला प्रहरी कार्यालय काभ्रेको सम्पर्कमा पुगेका छन्। स्थानीयले क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरोध गरेका छन्।

प्रहरीले शवको मुचुल्का गरी राजमार्गको अवरोध खुलाउन पहल गरिरहेका छन्।

Published Date: 14 December 2025


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु