जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न

जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, मंसिर २५ । जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम (बेल विवाह) मंसिर १८ र १९ गते भक्तपुरको लिवाली टोलमा भव्य रूपमा सम्पन्न भएको छ। ‘स्वाधिनता जाकिबंजार’ मूल नकीं भएको सो कार्यक्रममा कुल ९३ जना ईहिँ मचा (नेवारी बालिकाहरू) ले सहभागिता जनाएका थिए।

नेवार समुदायको महत्वपूर्ण संस्कारमध्ये पर्ने ईहिँ (बेल विवाह) नेवार कुलमा जन्मेकी छोरीको जीवनमा हुने तीन विवाहमध्ये पहिलो र अत्यन्त पवित्र मानिन्छ। रजस्वला हुनु पहिल्यै गरिने यो संस्कारमा बालिकाको विवाह भगवान् विष्णुको प्रतीक सुवर्णकुमारसँग गराइन्छ। यसै विवाहलाई ईहिँ वा बेल विवाह भनिन्छ।

ईहिँपछि नेवार संस्कारअनुसार बाःराः तयेगु (गुफा राख्ने) गरिन्छ, जसमा सूर्यदर्शन अर्थात् सूर्यसँग प्रतीकात्मक विवाह गरिन्छ। अन्तिम विवाह भने वास्तविक वर (पुरुष) सँग हुने परम्परा रहिआएको छ। सूर्यदर्शनमा मात्र पूजा र दर्शन गरिने भएकाले कतिपयका मतमा यसलाई विवाहको रूपमा नहेर्ने चलन पनि पाइन्छ।

सुवर्णकुमारसँग पूर्वनिर्धारित विवाह भइसकेकाले नेवार महिलाहरूले श्रीमान्को मृत्यु भएपनि रङविहीन जीवन बिताउनुपर्दैन भन्ने सांस्कृतिक मान्यता नेवार समुदायमा गहिरोसँग स्थापित छ। साथै, कुनै कारणले युवतीको वास्तविक विवाह हुन नसके पनि ईहिँ संस्कारका कारण ‘विवाहित’ भएको मनोवैज्ञानिक सान्त्वना समेत पाइने विश्वास रहिआएको छ।

भक्तपुरमा सम्पन्न यो वर्षको ईहिँ जगे कार्यक्रमले परम्परा, सांस्कृतिक पहिचान र सामुदायिक एकतालाई झनै सबल बनाएको आयोजक सूर्य जाकिबंजारले आइकन खबरलाई जानकारी दिए।

Published Date: 10 December 2025
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा