सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते

सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते : Icon Khabar
तस्बिर: प्रकाश

भक्तपुर, मंसिर २२ । गएराती भक्तपुरको दत्तात्रय क्षेत्रबाट टौमढितर्फ जाँदै गरेको बा ३६ ८०८५ नम्बरको कार अनियन्त्रित भई सुकुलढोकास्थित ऐतिहासिक इनारमा ठोक्किँदा इनारमा क्षति पुगेको छ। दुर्घटनाका कारण उक्त इनार आंशिक रूपमा भत्किएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

दुर्घटनामा कार चालक भक्तपुरको कमलविनायक बस्ने ३६ वर्षीय चन्दन सुवजु गम्भीर घाइते भएका छन्। उनलाई उद्धार गरी तत्काल राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारका लागि पठाइएको छ। कारमा सवार अर्का एक व्यक्तिको भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन गरेको अवस्था रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Published Date: 08 December 2025