लोकेश्वर साकोसको १८औँ वार्षिक साधारणसभा सम्पन्न

लोकेश्वर साकोसको १८औँ वार्षिक साधारणसभा सम्पन्न : Icon Khabar

भक्तपुर, कार्तिक ३० । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा नेपाल सरकारको सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारणसभा सञ्चालनसम्बन्धी निर्देशनअनुसार अध्यक्ष राजन जतिको अध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रमको उद्घाटन संस्थाका ज्येष्ठ सदस्य रत्नमाया पुलांगीले बाल सदस्यहरूको बाँसुरी धुनसँगै पानसमा दीप प्रज्वलन गरेर गरिन्। साधारणसभामा अध्यक्ष जतिले सहकारी संस्था समुदायका सबै पुस्तालाई समेट्ने साझा थलो भएकाले सबैको साथ–सहयोगले मात्र संस्थागत प्रगति सम्भव हुने धारणा व्यक्त गरे। स्थापना कालदेखि नै सहकारीले पारदर्शी आर्थिक क्रियाकलाप र विभिन्न गतिविधिमार्फत सदस्यहरूलाई सू–सूचित गर्दै आएको उल्लेख गरे।

उनका अनुसार सहकारीहरू समस्याग्रस्त बन्नुको मूल कारण समुदायमा आधारित नहुनु, व्यक्तिगत स्वार्थ प्रबलीकरण हुनु र सम्बन्धित निकायबाट समयमा अनुगमन तथा नियमन नहुनु हो। विभिन्न चुनौतीबीच लोकेश्वर साकोसले सदस्यहरूको आर्थिक तथा सामाजिक हितलाई प्राथमिकतामा राख्दै वित्तीय कारोबार निरन्तर अघि बढाइरहेकाले प्रगतिमार्ग सहज भएको बताए।

कार्यक्रममा समाजसेवी तथा संस्थापक सदस्य रविन्द्र खर्बुजाले सहकारी क्षेत्रमा देखापरेका विकृति–विसंगतिहरूलाई चिर्न आगामी दिनमा अझ सतर्क र जिम्मेवार बन्नुपर्ने सुझाव दिए। भक्तपुरमा संचालित आवास योजनाको पृष्ठभूमिबारे स्पष्ट पार्दै समस्यासँगै समाधानका विकल्पहरू पनि अघि आउने विश्वास व्यक्त गरे। साथै वर्तमान राजनीतिक परिस्थिति, सरकारी जिम्मेवारी, मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने आवश्यकता र जवाफदेहिताको अभावबारे टिप्पणी गरे।

संस्थापक अध्यक्ष तथा भनपा सहकारी अनुगमन समिति सदस्य श्यामसुन्दर मातांले देको मिवा इतापाके जग्गा एकीकरण आयोजनाको विकासक्रम प्रस्तुत गर्दै हाल सामाजिक सञ्जालमा फैलिएका गलत जानकारीहरूको खण्डन गरे। आयोजनासम्बन्धी भ्रम फैलाउने गतिविधिप्रति आपत्ति जनाउँदै वास्तविक तथ्य–परक जानकारी सार्वजनिक जानकारी गराए। साथै सहकारीले सरकारी निर्देशनअनुसार साधारणसभा सञ्चालन गरेको उल्लेख गर्दै सभाको सफलताप्रति शुभकामना व्यक्त गरे।

साधारणसभामा लेखा सुपरिवेक्षण समिति संयोजक लक्ष्मीभक्त दुवाल, सचिव राजु छुकां, र कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले क्रमशः वार्षिक प्रगतिविवरण, भावी नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन, बाह्य लेखापरीक्षकको प्रतिवेदन तथा आ.व. २०८२/८३ को अनुमानित बजेट प्रस्तुत गरे, जसलाई सभाले सर्वसम्मत रुपमा पारित गर्यो।

सभामा आ.व. २०८१/८२ का उत्कृष्ट ऋणी, नियमित बचतकर्ता, उत्कृष्ट बालबचतकर्ता तथा सदस्य वृद्धि अभिवृद्धिमा योगदान पुर्‍याउने सदस्यहरूलाई सम्मान गरिएको थियो। ८४.२५ प्रतिशत उपस्थिति रहेको साधारणसभामा उपाध्यक्ष प्रनेश बाटी, सञ्चालक सदस्य गोपालकृष्ण खर्बुजा र प्रबन्धक प्रशान्त मानन्धरले पनि आफ्नो विचार व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 November 2025
Website | + posts