काठमाडौं, कार्तिक ३० । देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ। यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम झन्डै ९ डिग्री सेल्सियसमा झरिसकेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस छ।
हिजो (शनिबार) यही टाइममा ९.६ डिग्री सेल्सियस थियो । पछि बिहान ८ः४५ सम्ममा घटेर ९.२ डिग्री सेल्सियसमा झरेको थियो । आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे मापन गरिन्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ। मौसमविद्का अनुसार न्यूनतम बिहान ८ः४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५ः४५ बजे मापन गरिन्छ।
Published Date: 16 November 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news