भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित

भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित : Icon Khabar

भक्तपुर, कार्तिक ३० । भक्तपुर नगरपालिका–१० मा पर्ने कालिका डेरीदेखि भत्केपाटीसम्मको सडक खण्ड १० वर्षदेखि खनेर अलपत्र अवस्थामा छाडिएको छ । लामो समयदेखि मर्मत तथा पुनर्निर्माण नहुँदा उक्त सडक अहिले स्थानीय बासिन्दा र सवारी चालकका लागि दुःखको कारण बनेको छ ।

सडकमा ठाँउ–ठाँउमा खाल्डाखुल्डी र असमान सतहका कारण सवारी साधन आवतजावतमा कठिनाइ भएको छ । वर्षाको समयमा सडक हिलाम्य बन्ने र अन्य समयमा धुलो उडेर वातावरण प्रदूषित हुने गरेको स्थानीयले बताएका छन् ।

“धुलोको कारण स्वास्थ्यमा असर पर्न थालेको छ । पसलमा सामान राख्नसमेत गाह्रो छ,” एक स्थानीय व्यापारीले भने, “पानी परेपछि त हिलोमा हिड्नै नसकिने अवस्था हुन्छ ।”

स्थानीयका अनुसार सडकको जीर्ण अवस्थाका कारण यस खण्डमा सवारी दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । दैनिक सयौं सवारीसाधन गुड्ने र नगरकोट जाने मुख्य मार्गमा पर्ने यो बाटोको दुरावस्था पर्यटकमैत्री वातावरणका लागि पनि चुनौती बनेको छ ।

यस सडकको मर्मत र पिच गर्ने काम वर्षौंदेखि सुरु नहुँदा जनतामा असन्तुष्टि बढेको छ । सम्बन्धित ठेकेदार, नगरपालिका, वडा कार्यालय र अन्य सरोकारवाला निकायले तत्काल पहल नगरेसम्म समस्या झनै गहिरिने स्थानीयको भनाइ छ ।

दशकौंदेखि अलपत्र अवस्थामा परेको सडकको मर्मत कहिले हुने भन्ने प्रश्नमा स्थानीयले तत्काल समाधानको माग गरेका छन् ।

Published Date: 16 November 2025


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली