स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पर्याप्त छ: निर्वाचन आयोग

स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पर्याप्त छ: निर्वाचन आयोग : Icon Khabar

काठमाडौं, कार्तिक १८ । आगामी प्रतिनिधि सभा चुनावका लागि स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज प्रर्याप्त रहेको निर्वाचन आयोगले जनाएको छ ।

आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकिएको छ । उक्त चुनावका लागि आवश्यक सामग्रीहरूको जोहोमा निर्वाचन आयोग लागेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्, ‘स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज प्रर्याप्त छ’ उनले भने । उनका अनुसार मतपेटिका पनि शतप्रतिशत छ ।

आयोगका अनुसार मतपेटिका नयाँ खरिद गर्न पर्दैन । यसअघि प्रयोग भएकै मतपेटिका पुन: प्रयोग गर्न मिल्ने र नयाँ खरिद गर्न नपर्ने निर्वाचन आयोगले जनाएको छ ।

स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पनि प्रर्याप्त रहेकाले नयाँ खोज्नु नपर्ने भएको छ ।

अन्य आवश्यक सामग्री भने खरिद गर्नुपर्ने हुन्छ । यो सहितको निर्वाचन बजेट तयार भएको छ । तयार भएको बजेट आयोगले अर्थ मन्त्रालय पठाएको छ ।

निर्वाचन आयोगले अर्थ मन्त्रालयमा पठाएको बजेटमा आगामी प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा हुन लागेको चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । तर, अर्थ मन्त्रालयबाट स्वीकृत हुन बाँकी छ ।

निर्वाचन आयोगले बजेट निर्माण गरेसँगै निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गर्दैछ। अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै आवश्यक सामग्री किन्न सुरू गर्ने आयोगको तयारी छ । यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्ने गरी आयोगले थप आवश्यक सामग्री खरिद गर्न खोजेको जनाएको छ। यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्न मिल्ने सामग्रीहरूमा मतपेटिका समेत छ ।

अर्थ मन्त्रालयले बजेटबारे छिट्टै निर्णय र दिने र आवश्यक सामग्री खरिदको प्रक्रिया सुरु गर्ने आयोगले जनाएको छ ।

Published Date: 04 November 2025


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी