मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो

मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, कार्तिक १७ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

सोमबारको तुलनामा सुनको भाउ घटेर मंगलबार प्रतितोला २ लाख ३८ हजार ३०० कायम भएको हो । यो भनेको अघिल्लो दिनको तुलनामा १ हजार ४०० ले मूल्य घटेको हो ।

सोमबार भने बजारमा सुनको भाउ २ लाख ३९ हजार ७०० प्रति तोलामा कारोबार भएको थियो ।

सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर ३ हजार १५ कायम भएको हो ।

अन्तराष्ट्रिय बजारमा पनि सुनचाँदीको भाउमा सामान्य गिरावट आएका कारण त्यसकै प्रभाव नेपाली बजारमा पनि परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 November 2025
Website | + posts