मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो

मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, कार्तिक १७ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

सोमबारको तुलनामा सुनको भाउ घटेर मंगलबार प्रतितोला २ लाख ३८ हजार ३०० कायम भएको हो । यो भनेको अघिल्लो दिनको तुलनामा १ हजार ४०० ले मूल्य घटेको हो ।

सोमबार भने बजारमा सुनको भाउ २ लाख ३९ हजार ७०० प्रति तोलामा कारोबार भएको थियो ।

सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर ३ हजार १५ कायम भएको हो ।

अन्तराष्ट्रिय बजारमा पनि सुनचाँदीको भाउमा सामान्य गिरावट आएका कारण त्यसकै प्रभाव नेपाली बजारमा पनि परेको हो ।

Published Date: 04 November 2025


ताजा
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु