सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने

सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने : Icon Khabar

काठमाडौं, कार्तिक १७ । भदौ २३ र २४ गते देशका विभिन्न ठाउँमा भएका आन्दोलनका क्रममा ज्यान गुमाउने ४५ जना नागरिकलाई सरकारले सहिदको सम्मान दिने निर्णय गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार राष्ट्रहित, सुशासन र भ्रष्टाचारविरुद्धको अभियानका क्रममा जेनजी पुस्ताद्वारा सुरु गरिएको प्रदर्शनमा निधन भएका व्यक्तिहरूलाई सहिद घोषणा गर्ने सहमति मन्त्रिपरिषद्ले जनाएको हो।

बैठकले वैदेशिक रोजगार न्यायाधिकरणमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई सदस्यको रूपमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

त्यसैगरी, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप सञ्चालन नियमावली, २०८२’ लाई स्वीकृति प्रदान गरिएको प्रवक्ता खरेलले बताए।

यससँगै सरकारले विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको इलामका प्रभावित क्षेत्रहरूमा राहत तथा सहयोगका लागि रु. ५ करोड ३० लाख विपद् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 November 2025
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)