सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने

सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने : Icon Khabar

काठमाडौं, कार्तिक १७ । भदौ २३ र २४ गते देशका विभिन्न ठाउँमा भएका आन्दोलनका क्रममा ज्यान गुमाउने ४५ जना नागरिकलाई सरकारले सहिदको सम्मान दिने निर्णय गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार राष्ट्रहित, सुशासन र भ्रष्टाचारविरुद्धको अभियानका क्रममा जेनजी पुस्ताद्वारा सुरु गरिएको प्रदर्शनमा निधन भएका व्यक्तिहरूलाई सहिद घोषणा गर्ने सहमति मन्त्रिपरिषद्ले जनाएको हो।

बैठकले वैदेशिक रोजगार न्यायाधिकरणमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई सदस्यको रूपमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

त्यसैगरी, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप सञ्चालन नियमावली, २०८२’ लाई स्वीकृति प्रदान गरिएको प्रवक्ता खरेलले बताए।

यससँगै सरकारले विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको इलामका प्रभावित क्षेत्रहरूमा राहत तथा सहयोगका लागि रु. ५ करोड ३० लाख विपद् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय पनि गरेको छ।

Published Date: 03 November 2025


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी