दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु

दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु : Icon Khabar

काभ्रेपलाञ्चोक, कार्तिक १७ । दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोका अनुसार ४ जना घाइते भएका छन् भने ८ जना बेपत्ता छन् ।

नेपाली गाइड सहित सोमबार बिहान यलुङ रि हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो ।

दोलखाको रोल्वालिङ क्षेत्रको ५ हजार ६ सय ३० मिटर अग्लो ‘यलुङ रि’ शिखरको हिमपहिरोमा परेका विदेशीसहित नेपालीको खोजी प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीनहरूको खोजी र उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ गए पनि मौसमको कारण बस्न नसकेको प्रहरीको भनाइ छ । रोल्वालिङ क्षेत्रमा हेलिकोप्टर उडानका लागि प्रतिबन्धित क्षेत्र भएकाले प्रशासनले अनुमति दिएर उड़ान हुने गर्छ ।

भौगोलिक विकटताका कारण प्रहरी अझै घटनास्थल पुग्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

Published Date: 03 November 2025
ताजा
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर
भोलि हुने ‘कोरा जात्रा भक्तपुर २०२६’ का लागि जर्सी वितरण सुरु, ५०० भन्दा बढी सहभागी दर्ता
फिफा विश्वकप २०२६ को फाइनल समीकरण पूरा: उपाधिका लागि स्पेन र साविक विजेता अर्जेन्टिना भिड्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय