काठमाडौं, कार्तिक १२ । अमेरिकाले आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित निकालेको छ। आज अमेरिकाले घरेलु टोली युएईलाई ५ बल बाँकी रहँदा ४ विकेटले हरायो। जितको लागि २ सय १२ रनको लक्ष्य अमेरिकाले ४९.१ ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गर्यो।
अमेरिकाले कमजोर सुरुवात गर्यो। मात्र २२ रन जोड्दा ३ विकेट गुमायो। स्मित पटेल इनिङ्सको दोस्रो बलमा रनको खाता नखोली, एन्द्रियस गाउस १ रनमा र साइतेजा मुक्कामाल्ला ८ रनमा आउट भए।
लगत्तै सयान जहाँगिर १८ रनमा चौथो विकेटको रूपमा पबिलियन फर्किए। १५.३ ओभरमा ४ विकेट गुमाउँदा अमेरिकाले मात्र ५८ रन जोड्यो।
कमजोर सुरुवात गरेपनि कप्तान मोनांक पटेल, मिलिन्द कुमार र शुभम रानजानेले अमेरिकालाई जिततर्फ डोर्याए। मोनांकले अर्धशतक बनाए। उनले ६७ बल खेल्दै ६ चौका सहित ५० रन बनाए।
त्यसपछि मिलिन्द र शुभमले पाँचौं विकेटको लागि ७३ रनको सुझबुझपूर्ण साझेदारी गर्दै जितको आधार तयार पारे। मिलिन्द ८१ बल खेल्दै टोलीको लागि सर्वाधिक ७१ रनको इनिङ खेल्न सफल रहे।
शुभम अविजित ४६ रनमा रहे। बलिङमा जुनेद सिद्दिकीले सर्वाधिक ३ विकेट लिए। सिम्रनजित सिंहले २ विकेट झारे।
त्यसअघि पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो। उसको लागि सातौ क्रमका ब्याटर हर्षित कौशिकले सर्वाधिक ५३ रन बनाए।
कप्तान राहुल चोप्राले ३६ रन बनाउँदा मोहम्मद साहददले ३४ रन जोडे । अन्य ब्यापार चलेनन्।
बलिङमा सौरव नेत्राभल्करले ३ तथा जसद्वीप सिंह र शुभमले समान २ विकेट लिए।
अमेरिकाले आइतवार नेपाललाई १ सय ६ रनले हराएको थियो। लगातार दोस्रो जित निकालेको अमेरिका ३२ अंक सहित तालिकाको शीर्षस्थानमा छ।
अंक तालिकाको पुछारमा रहेको युएईको यो १४ औ हार हो। १० अंक सहित तालिकाको पुछारमा छ। नेपाल र युएईबीच बिहीवार प्रतिस्पर्धा हुनेछ।
Published Date: 29 October 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news