शीर्ष टोली अमेरिकाको लगातार दोस्रो जित

शीर्ष टोली अमेरिकाको लगातार दोस्रो जित : Icon Khabar

काठमाडौं, कार्तिक १२ । अमेरिकाले आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित निकालेको छ। आज अमेरिकाले घरेलु टोली युएईलाई ५ बल बाँकी रहँदा ४ विकेटले हरायो। जितको लागि २ सय १२ रनको लक्ष्य अमेरिकाले ४९.१ ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गर्यो।

अमेरिकाले कमजोर सुरुवात गर्यो। मात्र २२ रन जोड्दा ३ विकेट गुमायो। स्मित पटेल इनिङ्सको दोस्रो बलमा रनको खाता नखोली, एन्द्रियस गाउस १ रनमा र साइतेजा मुक्कामाल्ला ८ रनमा आउट भए।

लगत्तै सयान जहाँगिर १८ रनमा चौथो विकेटको रूपमा पबिलियन फर्किए। १५.३ ओभरमा ४ विकेट गुमाउँदा अमेरिकाले मात्र ५८ रन जोड्यो।

कमजोर सुरुवात गरेपनि कप्तान मोनांक पटेल, मिलिन्द कुमार र शुभम रानजानेले अमेरिकालाई जिततर्फ डोर्याए। मोनांकले अर्धशतक बनाए। उनले ६७ बल खेल्दै ६ चौका सहित ५० रन बनाए।

त्यसपछि मिलिन्द र शुभमले पाँचौं विकेटको लागि ७३ रनको सुझबुझपूर्ण साझेदारी गर्दै जितको आधार तयार पारे। मिलिन्द ८१ बल खेल्दै टोलीको लागि सर्वाधिक ७१ रनको इनिङ खेल्न सफल रहे।

शुभम अविजित ४६ रनमा रहे। बलिङमा जुनेद सिद्दिकीले सर्वाधिक ३ विकेट लिए। सिम्रनजित सिंहले २ विकेट झारे।

त्यसअघि पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो। उसको लागि सातौ क्रमका ब्याटर हर्षित कौशिकले सर्वाधिक ५३ रन बनाए।

कप्तान राहुल चोप्राले ३६ रन बनाउँदा मोहम्मद साहददले ३४ रन जोडे । अन्य ब्यापार चलेनन्।
बलिङमा सौरव नेत्राभल्करले ३ तथा जसद्वीप सिंह र शुभमले समान २ विकेट लिए।

अमेरिकाले आइतवार नेपाललाई १ सय ६ रनले हराएको थियो। लगातार दोस्रो जित निकालेको अमेरिका ३२ अंक सहित तालिकाको शीर्षस्थानमा छ।

अंक तालिकाको पुछारमा रहेको युएईको यो १४ औ हार हो। १० अंक सहित तालिकाको पुछारमा छ। नेपाल र युएईबीच बिहीवार प्रतिस्पर्धा हुनेछ।

Published Date: 29 October 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी