रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित

रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित : Icon Khabar

काठमाडौँ, कार्तिक १० । जुड बेलिङघमले गरेको निर्णायक गोलको मद्दतले रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी बार्सिलोनालाई २–१ ले पराजित गरेको छ ।

यससँगै रियलले शीर्ष स्थानमा ५ अंकको पनि अग्रता लिएको छ । रियलको १० खेलबाट २७ अंक भएको छ ।

डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले गत सिजन रियलविरुद्धका सबै ४ खेल जितेको थियो । तर रियलले आफ्ना प्रशिक्षक ज्याबी एलोन्सोको नेतृत्वमा पहिलो अल क्लासिको जितेको छ । बार्सिलोना भने दसै खेलबाट २२ अंकमा दोस्रो स्थानमा रह्यो ।

रियलले २२ औं मिनेटमा केयलिन एमबापेको गोलले अग्रता लिएको थियो । लगतै फेरमिन लोपेजले ३८ औं मिनेटमा बार्सिलोनाका बराबरी गोल फर्काए । बेलिङघमले ४३ मिनेटमा निर्णायक गोल गरे । एमबापे दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्न भने चुके ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 October 2025
Website | + posts




ताजा
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने