रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित

रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित : Icon Khabar

काठमाडौँ, कार्तिक १० । जुड बेलिङघमले गरेको निर्णायक गोलको मद्दतले रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी बार्सिलोनालाई २–१ ले पराजित गरेको छ ।

यससँगै रियलले शीर्ष स्थानमा ५ अंकको पनि अग्रता लिएको छ । रियलको १० खेलबाट २७ अंक भएको छ ।

डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले गत सिजन रियलविरुद्धका सबै ४ खेल जितेको थियो । तर रियलले आफ्ना प्रशिक्षक ज्याबी एलोन्सोको नेतृत्वमा पहिलो अल क्लासिको जितेको छ । बार्सिलोना भने दसै खेलबाट २२ अंकमा दोस्रो स्थानमा रह्यो ।

रियलले २२ औं मिनेटमा केयलिन एमबापेको गोलले अग्रता लिएको थियो । लगतै फेरमिन लोपेजले ३८ औं मिनेटमा बार्सिलोनाका बराबरी गोल फर्काए । बेलिङघमले ४३ मिनेटमा निर्णायक गोल गरे । एमबापे दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्न भने चुके ।

Published Date: 27 October 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी