आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु

आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु : Icon Khabar

काठमाडौं, कार्तिक १० । आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु भएको छ । अर्का एक जनाको भने फर्किने क्रममै मृत्यु भएको थियो ।

पर्यटन विभागले आइतबार प्रेस विज्ञप्ति जारी गरि आमादब्लम हिमाल आरोहण गरि फर्किने क्रममा विरामी परेका फ्रान्सेली नागरिक हुगो लिको कोलिना लजारोको उपचारको क्रममा काठमाडौमा मृत्यु भएको जनाएको हो ।

लजारी भिज ट्रेक एण्ड एक्सपिडिसन प्रालिबाट आरोहणमा गएका थिए । उनको आमादब्लमको क्याम्प ३ बाट हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । कार्तिक ३ गते उद्धार गरिएको उनको उपचारका क्रममा कार्तिक ६ ह्याम्स अस्पतालमा मृत्यु भएको हो । यस्तै, अर्का कोरीयाली नागरिक हंग क्या पार्कको पनि आमादब्लम हिमालको क्याम १ र २ को विचमा ज्यान गएको छ ।

एटके एक्सपिडिसनबाट गएका उनको मृत्यु भएकोबारे सम्बन्धित कम्पनीले विभागलाई कार्तिक ९ गते जानाकरी गराएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 October 2025
Website | + posts