आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु

आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु : Icon Khabar

काठमाडौं, कार्तिक १० । आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु भएको छ । अर्का एक जनाको भने फर्किने क्रममै मृत्यु भएको थियो ।

पर्यटन विभागले आइतबार प्रेस विज्ञप्ति जारी गरि आमादब्लम हिमाल आरोहण गरि फर्किने क्रममा विरामी परेका फ्रान्सेली नागरिक हुगो लिको कोलिना लजारोको उपचारको क्रममा काठमाडौमा मृत्यु भएको जनाएको हो ।

लजारी भिज ट्रेक एण्ड एक्सपिडिसन प्रालिबाट आरोहणमा गएका थिए । उनको आमादब्लमको क्याम्प ३ बाट हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । कार्तिक ३ गते उद्धार गरिएको उनको उपचारका क्रममा कार्तिक ६ ह्याम्स अस्पतालमा मृत्यु भएको हो । यस्तै, अर्का कोरीयाली नागरिक हंग क्या पार्कको पनि आमादब्लम हिमालको क्याम १ र २ को विचमा ज्यान गएको छ ।

एटके एक्सपिडिसनबाट गएका उनको मृत्यु भएकोबारे सम्बन्धित कम्पनीले विभागलाई कार्तिक ९ गते जानाकरी गराएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published Date: 27 October 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी