सोमबार सुनको मूल्य प्रतितोला रू दुई हजारले घट्यो

सोमबार सुनको मूल्य प्रतितोला रू दुई हजारले घट्यो : Icon Khabar

काठमाडौँ, कार्तिक १० । सुनको मूल्य सोमबार पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोलामा रु. २००० ले घटेको हो । जसअनुसार यो दिनको कारोबार मूल्य प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँ तोकिएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आइतबार ३ हजार १५ रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य सोमबार २ हजार ९८० कायम भएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो । विज्ञहरुले भने अल्पकालमा सुनचाँदीको मूल्य घटे पनि दीर्घकालमा भने बढ्ने प्रक्षेपण सार्वजनिक गरिरहेका छन् ।

Published Date: 27 October 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी