सोमबार सुनको मूल्य प्रतितोला रू दुई हजारले घट्यो

सोमबार सुनको मूल्य प्रतितोला रू दुई हजारले घट्यो : Icon Khabar

काठमाडौँ, कार्तिक १० । सुनको मूल्य सोमबार पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोलामा रु. २००० ले घटेको हो । जसअनुसार यो दिनको कारोबार मूल्य प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँ तोकिएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आइतबार ३ हजार १५ रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य सोमबार २ हजार ९८० कायम भएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो । विज्ञहरुले भने अल्पकालमा सुनचाँदीको मूल्य घटे पनि दीर्घकालमा भने बढ्ने प्रक्षेपण सार्वजनिक गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 October 2025
Website | + posts