अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित

अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित : Icon Khabar

काठमाडौँ, कार्तिक ९ । नेपाल आइसिसी विश्वकप लिग-२ अन्तर्गत यूएई त्रिकोणात्मक सिरिजमा अमेरिकाले नेपाललाई १ सय ६ रनको लज्जास्पद नतिजामा हराएको छ।

जितमा अमेरिका अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। टि-ट्वान्टी छनोटमा सानदार प्रदर्शन गरेको नेपालले आज अत्यन्त कमजोर प्रदर्शन गर्यो। नेपाल ब्याटिङ र बलिङ दुवैमा फितलो रहयो। अमेरिकाको जितमा हर्मित सिंहको सानदार बलिङ प्रमुख रहयो।

जितको लागि २ सय ६३ रनको चुनौती पछाएको नेपाल ३९ ओभर १ बलमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ५६ रनमा अल आउट भए।

नेपालले रनको खाता नखोली ओपनर कुशल भुर्तेललाई गुमायो। दोस्रो बलमा रुसिल उगार्करको बलमा कुशलओपनर कुशल भुर्तेल दोस्रो बलमै कट बिहाइन्ड भए। ६९ रन जोड्दा नेपालले दोस्रो विकेटको रूपमा भीम सार्की आउट भए। उनी २९ रन जोडेर पबिलियन फर्किए। कमजोर सुरूवात गरेको नेपालले ६९ रनमा नै अर्को विकेट गुमायो। आसिफ शेख ३७ रनमा हर्मित सिंहको बलमा आउट भए।

नेपालको निरन्तर अन्तरालमा विकेट झरिरहयो। नेपालले कुनै पनि समय साझेदारी बनाउन सकेन्। कप्तान रोहित पौडेल मात्र २ रनमा शुभम रानजानेको बलमा आउट भए। यसपछि आरिफ शेख २० रनमा र गुल्सन झा ३ रनमा पबिलियन फर्किए। १ सय ३८ रन जोड्दा नेपालले ७ विकेट गुमायो र नेपाल हार नजिक पुग्यो।

यसपछि पनि अमेरिकाले लगातार विकेट लिन सफल रहयो। करण केसी २ रनमा र सन्दीप सामना गरेको पहिलो बलमा रनको खाता नखोली आउट भए। अन्तिम विकेटको रूपमा दिपेन्द्र आउट भए। नेपालको लागि सर्वाधिक ४० रन उनलर जोडे।

बलिङमा हर्मितले ८ ओभर १ बलमा १ मेडन सहित ६ विकेटको सानदार प्रदर्शन गरे। जुन जितको प्रमुख कारण बन्यो। शुभमले २ विकेट लिए।

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर नेपालले पहिले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६२ रन बनायो। अमेरिकाले मध्यम सुरूवात गर्यो। पहिलो पावर प्लेमा १ विकेटको नोक्सानीमा मात्र ३२ रन बनायो। सोमपाल कामीले अमेरिकाका ओपनर आन्द्रीएस गाउसलाई आउट गरे। ११ रन बनाएका गाउस भीम सार्कीद्वारा क्याच आउट भए। अमेरिकाले पहिलो विकेट गुमाउँदा १७ रन बनाएको थियो।

आरिफ शेखले दोस्रो विकेट लिए। १० रन जोडेका अमेरिकाका कप्तान मोनांक पटेललाई एलबीडब्लु धरापमा पारे। १३ ओभर ५ बलमा दोस्रो विकेट गुमाउँदा अमेरिकाले ४५ रन मात्र बनाएको थियो।

यसपछि ओपनर स्मित पटेल र साइतेजा मुक्कामल्लाले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गरे। सेट ब्याटर स्मित पटेल रन आउट भए। उनले १ सय बल खेल्दै ९ चौका सहित ७५ रनको पारी खेले। यतिखेर अमेरिकाले १ सय ४५ रन जोडेको थियो।

नरपालको लागि चौथो विकेट लेग स्पिनर सन्दीप‌ लामिछानेले लिए। उनले क्रिजमा जमेका साइतेजा मुक्कामल्लालाई बोल्ड आउट गरे। उनले ४२ रन बनाएका थिए। यसपछि शायान जाहन्गिर ११ रनमा दीपेन्द्र सिंह ऐरीको बलमा आरिफ शेखद्वारा कमयाच आउट भए। शुभम रानजाने १९ रनमा सन्दीपको बलमा गुल्सनद्वारा क्याच आउट भए।

नेपालले अन्तिम २ ओभरमा ३२ रन बेहोर्यो। ४९ औं ओभरमा सोमपालले १३ रन र ५० औं ओभरमा करणले १९ रन दिए। पाँचौं क्रमका मिलिन्द कुमारले उत्कृष्ट ब्याटिङ गर्दै ५० बलमा ६ चौका र २ छक्का सहित अविजित ७० रनको सानदार पारी खेले। हर्मित सिंह अविजित १६ रनमा रहे।

बलिङमा सन्दीप लामिछानेले १० ओभरमा ५६ रन दिएर २ विकेट लिए। यस्तै सोमपाल, दिपेन्द्र र आरिफले‌ समान एक-एक विकेट लिए।

लिग -२ मा संघर्ष गरिरहेको नेपालको यो १० औं हार हो। नेपालसँग मात्र १२ अंक सहित नेपाल अंक तालिकाको सातौं स्थानमा छ। अमेरिका भने ३० अंक सहित नेट रनरेटको आधारमा शीर्षस्थानमा उक्लिएको छ।

नेपालले अब विहिबार युएईसँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 October 2025
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने