सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने

सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने : Icon Khabar

काठमाडौँ, कार्तिक ९ । खाद्य तथा व्यापार कम्पनी लिमिटेडले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने भएको छ ।

सरकारले मोटा धानको ३ हजार ४६३ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य तोकेको छ ।

सोही मूल्यमा किसानको १ लाख ९० हजार क्विन्टल धान खरिद गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानेर धान खरिद गर्ने तयारी गरिएको छ । यसअनुसार देशभर १३ वटा खरिद केन्द्र सञ्चालन गरी धान खरिद गरिने कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगञ्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडमा खरिद केन्द्र सञ्चालन गरिने छ ।

Nabil bank
साथै धान खरिदको भुक्तानी सोझै किसानको खातामा पठाउने जनाएको छ । यसअघि चेकमार्फत भुक्तानी हुने गरेको थियो ।

किसानले उक्त चेक साट्न बैंक धाउनुपर्ने बाध्यता भने हटेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार यो वर्ष १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको छ ।

आचार्यले भने ‘पोहोर साल धान लक्ष्यअनुसार खरिद गर्न सकेनौँ । यो वर्ष थोरै लक्ष्य राखेका छौँ । लक्ष्य पुरा भएपछि बजारमा धान पर्याप्त पाइएमा कोटा थप गर्छौँ ।’

अघिल्लो वर्ष खाद्यले १ लाख २० हजार क्विन्टल धान खरिद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 October 2025
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न