शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो

शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, असोज २४ । स्थानिय बजारमा सुनको भाउमा भारी गिरावट आएको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको मूल्य आज तोलामा ४ हजार २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज ६० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ८८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 October 2025
Website | + posts