दशैंमा मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर मात्र खान सुझाव

दशैंमा मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर मात्र खान सुझाव : Icon Khabar

काठमाडौँ, असोज १४ । आज दशैंको महाअष्टमी, घरघरमा खसीबोका, राँगा, च्याङ्ग्रालगायतका पशु चौपायको बलि दिएर मासु खाने गरिन्छ । मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर मात्र खान चिकित्सकहरुको सुझाव छ ।

चिकित्सकहरु मासु नै नखानुभन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिएका छन् । मासु आफैंमा खराब नभए पनि पकाउने तरिकाका कारण अस्वस्थ बन्नेगरेको उनीहरुको भनाइ छ । खानपिनमा सामान्य ध्यान नदिँदा दशैंका समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्या उल्लेख्य वृद्धि हुने बताउछन्।

एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा हुने बताउछन् । बोसो नभएको ताजा मासु थोरै थोरै गरेर खान सकिन्छ । पकाउने तरिकामा विशेष ख्याल गर्नुपर्छ। चाडपर्वमा बाहिर हिँडडुल धेरै गर्ने र खानपानमा ध्यान नदिने प्रचलन बढ्दै गएको भएर नुन, चिल्लो, चिसो, गुलियो बढी खाने त्यसमा पनि मदिरा र चुरोट मिसाउँदा झनै समस्या हुन्छ ।

रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको जोखिम बढ्ने हुन्छ । दशैंमा मासु खाँदै नखाने भनी रोक्न सकिदैन तर बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुराको मासु, माछा खाने गर्नुपर्छ ।

Published Date: 30 September 2025


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली