अर्थमन्त्री खनाल र जापानका राजदूत तोरुबीच भेटवार्ता

अर्थमन्त्री खनाल र जापानका राजदूत तोरुबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, असोज १२ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

आइतबार भएको उक्त भेटका अवसरमा नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक अवस्था, तथा जापानले पुर्‍याउँदै आएको आर्थिक–सामाजिक सहयोगका विषयमा विस्तृत छलफल भएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

भेटका क्रममा अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य उद्देश्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुरहेको उल्लेख गर्दै यस अवधिमा पुनर्निर्माण तथा आर्थिक–सामाजिक विकासका कामहरूलाई निरन्तरता दिइने स्पष्ट पारे।

दुई पक्षबीच हाल निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग परियोजना, तनहुँ जलविद्युत् आयोजनालगायतका प्रमुख सहकार्य परियोजनाबारे छलफल भएको थियो। साथै, कोटेश्वर चोक सुधार आयोजना तथा बाढीबाट प्रभावित सिन्धुली सडक पुनःस्थापना कार्यक्रमजस्ता आगामी परियोजनाहरूका सन्दर्भमा समेत विचारविमर्श भएको जनाइएको छ।

भेटवार्तामा अर्थ सचिव घनश्याम उपाध्याय रहेकाे जानकारी सहसचिव एवम् प्रवक्ता टङ्कप्रसाद पाण्डेयले दिए।

Published Date: 28 September 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली