विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि

विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि : Icon Khabar

काठमाडौँ, असोज १२ । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु. ७०० र त्यति नै तौलको चाँदी रु. ७० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य रु. दुई हजार ८१० निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज प्रति औँस सुन तीन हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 September 2025
Website | + posts