भक्तपुर, असोज ७ । उदयपुर जिल्ला साइकलिङ संघको आयोजना तथा त्रियुगा नगरपालिकाको सहयोग यही असोज २५ गते हुन गइरहेको प्रथम त्रियुगा नगर उपप्रमुख उदयपुर U-18 क्रसकन्ट्री रेसमा भक्तपुरबाट आयुष लामा सहभागी हुने तय भएको छ। साइकल कनेक्ट भक्तपुरबाट स्क्रिनिङ तथा सेलेक्सन पश्चात आयुष लामा उक्त रेसमा सहभागी हुन नाम दर्ता गराएका छन्।
१८ वर्ष मुनिका साइकल खेलाडीहरू प्रोत्साहनको लागि आयोजना हुन लागेको विषेश प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले बताएको छ भने यस प्रतियोगितामा देशभरबाट सहभागी हुने विश्वास व्यक्त गरिएको छ।
“नेपाल भौगोलिक रूपमा नै माउन्टेन बाइकिङ तथा सो सम्बन्धी खेलको लागि फिट ठाउँ रहेको छ। यस खेलको सहि प्रवर्धन तथा योजनाबद्ध विकास गर्न सके विश्वस्तरिय खेलाडी तयार गर्न नेपाल सक्षम छ। साइकल कनेक्ट भक्तपुरको योजना अनुरूप पहिलो खुड्किलाको रूपमा भक्तपुरका खेलाडीहरूलाई राष्ट्रिय च्याम्पियन बनाउने रहेको छ। हामीले आफ्नो स्थानबाट सकेको गर्छौ। ” – साइकल कनेक्ट भक्तपुरका संस्थापक अध्यक्ष सुमित बाला जानकारी गराए।
दशैं लगत्तै हुने उक्त प्रतियोगिताको लागि कक्षा ९ मा अध्ययनरत आयुष नियमित प्रशिक्षणमा रहेका छन्। नियमित प्रशिक्षणको लागि प्राविधिक सहयोग बिरेन्द्र दोङ तथा अन्य व्यवस्थापनमा साइकल कनेक्ट भक्तपुरका कार्यकारी अध्यक्ष रियाज कर्मचार्यको नेतृत्वमा सम्पुर्ण टिम आयुषको जीतको लागि मानसिक तथा शारिरिक रूपमा तयार गरिरहेका छन्।
Published Date: 23 September 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1