उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने

उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने : Icon Khabar

भक्तपुर, असोज ७ । उदयपुर जिल्ला साइकलिङ संघको आयोजना तथा त्रियुगा नगरपालिकाको सहयोग यही असोज २५ गते हुन गइरहेको प्रथम त्रियुगा नगर उपप्रमुख उदयपुर U-18 क्रसकन्ट्री रेसमा भक्तपुरबाट आयुष लामा सहभागी हुने तय भएको छ। साइकल कनेक्ट भक्तपुरबाट स्क्रिनिङ तथा सेलेक्सन पश्चात आयुष लामा उक्त रेसमा सहभागी हुन नाम दर्ता गराएका छन्।

१८ वर्ष मुनिका साइकल खेलाडीहरू प्रोत्साहनको लागि आयोजना हुन लागेको विषेश प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले बताएको छ भने यस प्रतियोगितामा देशभरबाट सहभागी हुने विश्वास व्यक्त गरिएको छ।

“नेपाल भौगोलिक रूपमा नै माउन्टेन बाइकिङ तथा सो सम्बन्धी खेलको लागि फिट ठाउँ रहेको छ। यस खेलको सहि प्रवर्धन तथा योजनाबद्ध विकास गर्न सके विश्वस्तरिय खेलाडी तयार गर्न नेपाल सक्षम छ। साइकल कनेक्ट भक्तपुरको योजना अनुरूप पहिलो खुड्किलाको रूपमा भक्तपुरका खेलाडीहरूलाई राष्ट्रिय च्याम्पियन बनाउने रहेको छ। हामीले आफ्नो स्थानबाट सकेको गर्छौ। ” – साइकल कनेक्ट भक्तपुरका संस्थापक अध्यक्ष सुमित बाला जानकारी गराए।

दशैं लगत्तै हुने उक्त प्रतियोगिताको लागि कक्षा ९ मा अध्ययनरत आयुष नियमित प्रशिक्षणमा रहेका छन्। नियमित प्रशिक्षणको लागि प्राविधिक सहयोग बिरेन्द्र दोङ तथा अन्य व्यवस्थापनमा साइकल कनेक्ट भक्तपुरका कार्यकारी अध्यक्ष रियाज कर्मचार्यको नेतृत्वमा सम्पुर्ण टिम आयुषको जीतको लागि मानसिक तथा शारिरिक रूपमा तयार गरिरहेका छन्।

Published Date: 23 September 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु