सिङ्गापुर: विश्वकै सबैभन्दा सुरक्षित देश घोषित

सिङ्गापुर: विश्वकै सबैभन्दा सुरक्षित देश घोषित : Icon Khabar

संयुक्त राष्ट्र, असोज ३ । ‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ सन् २०२४ मा सिङ्गापुरलाई विश्वकै सबैभन्दा सुरक्षित देश घोषित गरिएको छ । सन् २००६ यता यो उपाधि सिङ्गापुरले १२ पटक प्राप्त गरिसकेको हो ।

सर्वेक्षण अनुसार, सन् २०२४ मा ९८ प्रतिशत सिङ्गापुरवासीले राति एक्लै हिँड्दा आफूलाई सुरक्षित महसुस हुने बताएका छन् । यो दर ग्यालपले विश्वभर सङ्कलन गरेका तथ्याङ्कमध्ये उच्चतममा पर्दछ । पुरुष र महिलाबिच पनि सुरक्षा अनुभूतिको स्तर झन्डै बराबर देखिएको छ ।

साथै, ९८ प्रतिशत पुरुष र ९७ प्रतिशत महिलाले राति एक्लै हिँड्दा आफू सुरक्षित महसुस भएको बताएका छन् । प्रतिवेदनमा सिङ्गापुरको यो सफलताको कारणको रूपमा न्यून अपराध दर, प्रभावकारी कानुन कार्यान्वयन र कडाइका साथ पालन गरिने सार्वजनिक अनुशासनलाई उल्लेख गरिएको छ । – रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 September 2025
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)