काठमाडौं, असोज ५ । आज २०८२ असोज ५ गते आइतवार, तद्अनुसार २१ सेप्टेम्बर २०२५ । आज असोज कृष्ण औँशी, शुभ चतुष्पद पूर्व, विश्व शान्ति दिवस, पितृ विसर्जन, विश्व अल्जाइमर्स दिवस, औँशी श्राद्ध, सूर्योदय बिहानः ०५ः५२ बजे, सूर्यास्त साँझः १८ः०२ बजे ।
आजको राशिफल
मेष राशि: मेष राशि भएकाहरुको कम प्रयासमै काम बन्ने छ । धनार्जन हुनेछ । प्रतिष्ठा बढ्ने छ । परिवारसंग सम्बन्ध घनिष्ठ हुनेछ । नयाँ सम्बन्धप्रति सतर्क रहनु होला । शुभ रंग हो क्रीम भने शुभ अंक २ रहेको छ ।
वृष राशि: वृष राशि भएकाहरुको घरमा अतिथिहरूको आगमन हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । आत्म सम्मान बढ्ने छ । बोलीमा नियन्त्रण राख्नु होला । आफ्नै काममा ध्यान दिनु होला । शुभ रंग क्रीम भने शुभ अंक ३ रहेको छ ।
मिथुन राशि: मिथुन राशि भएकाहरुले लेनदेनमा सावधानी अपनाउनु होला । रोजगारी प्राप्त हुनेछ । व्यवसायिक यात्रामा सफलता मिल्ने छ । अचानक लाभ हुनेछ । लाभदायक समाचार पाइने छ । कार्य विस्तार गर्ने योजना बन्ने छ । शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ ।
कर्कट राशि: खराब सङ्गतबाट बच्नु होला । विवाद नगर्नु होला । फजुल खर्च बढ्ने छ । आवाससम्बन्धी समस्या समाधान हुन सक्छ । आवेगमा आएर कुनै काम नगर्नु होला । सामाजिक र सरकारी प्रतिष्ठा बढ्ने छ । शुभ रंग आकाशे हो भने शुभ अंक ३ रहेको छ ।
सिंह राशि: सिंह राशि भएकाहरुले लेनदेनमा सावधानी अपनाउनु पर्छ । सुखका साधन जुट्ने छन् । रोकिएको धन प्राप्त हुनेछ । अधुरा काम समयमै पूरा हुँदा उत्साह बढ्ने छ । सवारीसाधन चलाउँदा ध्यान दिनु होला । शुभ रंग गुलावी हो भने शुभ अंक ५ रहेको छ ।
कन्या राशि: कन्या राशि भएकाहरुको नयाँ योजना बन्ने छ । कार्य शैलीमा सुधार हुनेछ । आम्दानी बढ्ने छ । भोगविलासमा रुचि बढ्ने छ । जीवनसाथीसँग सम्बन्ध प्रगाढ हुनेछ । शुभ रंग हो पहेँलो भने शुभ अंक ६ रहेको छ ।
तुला राशि: तुला राशि भएकाहरुको अदालतको काममा अनुकूलता रहने छ । पूजा–पाठमा मन लाग्ने छ । परिवार र समाजमा तपाईँका कामलाई सम्मान र महत्व प्राप्त हुनेछ । बोलीमा संयमता आवश्यक छ । व्यापारमा लाभ हुनेछ । शुभ रंग हो नीलो भने शुभ अंक ९ रहेको छ ।
वृश्चिक राशि: वृश्चिक राशि भएकाहरुको धनार्जन हुनेछ । दौडधुप, वाधा र सतर्कतापछि सफलता मिल्ने छ । पारिवारिक सुख–सन्तोष बढ्ने छ । उपहार प्राप्त हुने योग छ । धेरै खर्च नगर्नु होला । शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ ।
धनु राशि: धनु राशि भएकाहरुकले जीवनसाथीको सहयोग पाउने छन् । कानुनी वाधा हट्ने छ । रोकिएको धन आउँदा पूँजी संकलन हुनेछ । काममा साझेदारको सहयोग पाइने छ । विकासका योजना बन्ने छन् । शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ ।
मकर राशि: मकर राशि भएकाहरु को जग्गा–घरसम्बन्धी योजना बन्ने छ । बेरोजगारी हट्ने छ । सामाजिक दायरा बढ्ने छ । लाभदायक सम्र्झाता हुनेछन् । जीवनसाथीसँग आर्थिक मतभेद हुन सक्छ । शुभ रंग गुलावी हो भने शुभ अंक ७ रहेको छ ।
कुम्भ राशि: कुम्भ राशि भएकाहरुको शत्रुहरू पराजित हुनेछन् । पार्टी वा पिकनिकमा रमाइलो हुनेछ । विद्यार्थीहरूले सफलता हासिल गर्नेछन् । धार्मिक कार्यमा रुचि बढ्ने छ । नयाँ काममा भाग लिन सकिने छ । शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ ।
मीन राशि: मीन राशि भएकाहरुको स्वास्थ्य कमजोर रहन सक्छ । जोखिम नलिनु होला । अचानक यात्रा लाभदायक हुनेछ । आम्दानी बढ्ने छ । प्रतिष्ठा र सम्मानमा वृद्धि हुनेछ । जागिरमा उन्नति हुने योग छ । शुभ रंग रातो भने शुभ अंक ६ रहेको छ ।
Published Date: 21 September 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news