जापानमा २.७ प्रतिशतले बढ्यो मूल्य वृद्धि दर

जापानमा २.७ प्रतिशतले बढ्यो मूल्य वृद्धि दर : Icon Khabar

टोकियो, असोज ३ । जापानको उपभोक्ता मूल्य सूचकाङ्क (मूल्य वृद्धिको दर) अगस्ट महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.७ प्रतिशतले वृद्धि भएको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ ।

यो वृद्धिदर लगातार तेस्रो महिना घट्दो क्रममा रहेको देखिन्छ । यसअघि अगस्त महिनामा मूल्यवृद्धि ३.१ प्रतिशत थियो । उर्जा लागतमा आएको कमीका कारण मूल्य वृद्धिको गति केही सुस्तिएको हो । यो वृद्धिदर जापानको केन्द्रीय बैङ्कले तोकेको दुई प्रतिशतको लक्ष्यभन्दा माथि भए पनि पछिल्ला नौ महिनामध्ये सबैभन्दा कम हो ।

ताजा खाद्यान्न र इन्धन दुबैलाई हटाएर गरिएको गणनामा मूल्य ३ दशमलव ३ प्रतिशतले बढेको देखिएको छ, जुन अघिल्लो महिनाको ३ दशमलव ४ प्रतिशतभन्दा केही कम हो । ताजा वस्तुहरूबाहेक खाद्यान्नको मूल्य ८.० प्रतिशतले बढेको छ, जुन अघिल्लो महिनाको ८.३ प्रतिशतभन्दा थोरै कम हो । उता, इन्धनको मूल्य भने ३.३ प्रतिशतले घटेको छ, जुन अगस्त महिनामा देखिएको ०.३ प्रतिशतको गिरावटभन्दा बढी हो । – रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 September 2025
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)