जापानमा २.७ प्रतिशतले बढ्यो मूल्य वृद्धि दर

जापानमा २.७ प्रतिशतले बढ्यो मूल्य वृद्धि दर : Icon Khabar

टोकियो, असोज ३ । जापानको उपभोक्ता मूल्य सूचकाङ्क (मूल्य वृद्धिको दर) अगस्ट महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.७ प्रतिशतले वृद्धि भएको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ ।

यो वृद्धिदर लगातार तेस्रो महिना घट्दो क्रममा रहेको देखिन्छ । यसअघि अगस्त महिनामा मूल्यवृद्धि ३.१ प्रतिशत थियो । उर्जा लागतमा आएको कमीका कारण मूल्य वृद्धिको गति केही सुस्तिएको हो । यो वृद्धिदर जापानको केन्द्रीय बैङ्कले तोकेको दुई प्रतिशतको लक्ष्यभन्दा माथि भए पनि पछिल्ला नौ महिनामध्ये सबैभन्दा कम हो ।

ताजा खाद्यान्न र इन्धन दुबैलाई हटाएर गरिएको गणनामा मूल्य ३ दशमलव ३ प्रतिशतले बढेको देखिएको छ, जुन अघिल्लो महिनाको ३ दशमलव ४ प्रतिशतभन्दा केही कम हो । ताजा वस्तुहरूबाहेक खाद्यान्नको मूल्य ८.० प्रतिशतले बढेको छ, जुन अघिल्लो महिनाको ८.३ प्रतिशतभन्दा थोरै कम हो । उता, इन्धनको मूल्य भने ३.३ प्रतिशतले घटेको छ, जुन अगस्त महिनामा देखिएको ०.३ प्रतिशतको गिरावटभन्दा बढी हो । – रासस/सिन्ह्वा

Published Date: 19 September 2025


ताजा
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर वर्षाको सम्भावना: बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहनसक्ने चेतावनी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु