देउवाको टाउकोमा धारिलो हतियार प्रहार, १२ वटा टाँका लगाइयो

देउवाको टाउकोमा धारिलो हतियार प्रहार, १२ वटा टाँका लगाइयो : Icon Khabar

काठमाडौं, असोज ३ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार हुँदै गएको नेपाली कांग्रेसले जानकारी गराएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पार्टी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा प्रचार विभाग प्रमुख मीन बहादुर विश्वकर्माले देउवाको स्वास्थ्यबारे जानकारी गराएका हुन् ।

‘सुरुमा हामी अत्तालिएका थियौं । लगत्तै स्वास्थ्य उपचार राम्रो हुँदै गयो । उहाँहरू अहिले सामान्य अवस्थामा हुनुहुन्छ । स्वास्थ्यमा सुधार भइरहेको छ,’ विश्वकर्माले भने । सभापति देउवाको उपचार कहाँ भइरहेको भन्नेबारे उनले बताएनन् ।

‘सभापतिज्यूले दिनुभएको जानकारी अनुसार, गर्दनभन्दा माथि गम्भीर चोट लागेको छ । त्यहाँ १२ वटा टाँका लगाइएको छ,’ विश्वकर्माले भने, ‘त्यो भन्दा तल सामान्य चोट छ । त्यो टाँका लागेको ठाउँ र चोट निको हुँदै गएको अवस्था छ ।’

देउवा अहिले सामान्य बोलचाल र हिँडडुल गर्नसक्ने अवस्थामा छन् ।

‘उहाँ सामान्य बोलचाल, हिँडडुल गर्नसक्ने अवस्थामा हुनुहुन्छ । पार्टी र अन्य साथीहरूसँग पनि बोलचाल गर्नसक्ने अवस्थामा हुनुहुन्छ । चाँडोभन्दा चाँडो स्वास्थ्यमा सुधार भइरहेको अवस्थामा छ,’ उनले भने ।

चिकित्सकले केही दिन अmभै अस्पतालमा राख्नुपर्ने बताएको पनि उनले जानकारी गराए ।

‘केही दिन अझै अस्पतालमा राख्ने । उठ्दा चक्कर लाग्ने, धेरैबेर बोल्दा असहज हुने भइरहेको छ,’ उनले भने ।

चिकित्सकले धारिलो हतियारबाट घाउ लागेको बताए पनि के हतियार भन्ने चाहिँ नखुलेको उनले बताए ।

गत २४ भदौमा जेनजीहरूले गरेको प्रदर्शनका क्रममा बुढानीलकण्ठस्थित निवासमै उनीहरूमाथि कुटपिट भएको थियो ।

कुटपिटका क्रममा गम्भीर घाइते भएका उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरिएको थियो । तर, आक्रोशित युवाहरूले त्यतिबेला अवरोध गरेका थिए ।

पछि सेनाले स्थलमार्ग हुँदै बुढानीलकण्ठबाट उद्धार गरेको थियो

Published Date: 19 September 2025


ताजा
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर वर्षाको सम्भावना: बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहनसक्ने चेतावनी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु