बहुप्रतिक्षित नेपाली फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक

बहुप्रतिक्षित नेपाली फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक : Icon Khabar

काठमाडौं, असोज २ । आगामी बडादशैँको फूलपाति अर्थात असोज १३ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको फिल्म ‘माइतीघर’ को तीन मिनेट दुई सेकेण्ड लामो ट्रेलर निकै मनोरञ्जक बनेको छ । फिल्मको सार्वजनिक ट्रेलरमा मुख्य कलाकारहरुलाई स्थान दिइएको छ ।

ट्रेलरमा फिल्मका अभिनेता धिरज मगर, प्रकास सपूत, उपासना सिंह ठकुरीका साथमा केदार घिमिरे, श्यामश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङदेल आदि कलाकारलाई चित्रण गरिएको छ । रोहित अधिकारीद्वारा निर्मित यो फिल्मलाई ‘पारिवारिक चलचित्र’ को रुपमा प्रस्तुत गरिएको छ । मिलन तामाङद्वारा निर्देशित फिल्मको ट्रेलरमा फिल्मका लोकप्रिय गीत हास्यदेखि भावुक क्षणहरुसमेत अटाएका छन् ।

यो फिल्ममा रमणीय लोकेशनहरु कैद गरिएको फिल्मको ट्रेलरबाटै महसुस गर्न सकिन्छ । रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मले हरेक उमेरका दर्शकलाई मनोरञ्जन दिने संकेत सार्वजनिक ट्रेलरबाटै गर्न सकिन्छ ।

सार्वजनिक ट्रेलरले फिल्ममा त्रिकोणात्मक प्रेम कथाको संकेत गरेको छ, जहाँ प्रकास सपूत तथा उपासनाको प्रेम सम्बन्धमा धीरज मगरको प्रवेशले रोमाञ्चकता पैदा गर्ने देखिन्छ । हास्य अभिनेताबाट मुख्य अभिनेता बनिसकेका केदारप्रसाद घिमिरेलाई ट्रेलरमा प्रसस्त स्थान दिइएको छ । विभिन्न गेटअपमा उनले ट्रेलरमार्फत नै दर्शक हसाउँन सफल देखिएका छन् ।

यो फिल्ममा केदार प्रसाद घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।

चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद रहेको फिल्ममा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ । रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।

Published Date: 18 September 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी