बहुप्रतिक्षित नेपाली फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक

बहुप्रतिक्षित नेपाली फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक : Icon Khabar

काठमाडौं, असोज २ । आगामी बडादशैँको फूलपाति अर्थात असोज १३ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको फिल्म ‘माइतीघर’ को तीन मिनेट दुई सेकेण्ड लामो ट्रेलर निकै मनोरञ्जक बनेको छ । फिल्मको सार्वजनिक ट्रेलरमा मुख्य कलाकारहरुलाई स्थान दिइएको छ ।

ट्रेलरमा फिल्मका अभिनेता धिरज मगर, प्रकास सपूत, उपासना सिंह ठकुरीका साथमा केदार घिमिरे, श्यामश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङदेल आदि कलाकारलाई चित्रण गरिएको छ । रोहित अधिकारीद्वारा निर्मित यो फिल्मलाई ‘पारिवारिक चलचित्र’ को रुपमा प्रस्तुत गरिएको छ । मिलन तामाङद्वारा निर्देशित फिल्मको ट्रेलरमा फिल्मका लोकप्रिय गीत हास्यदेखि भावुक क्षणहरुसमेत अटाएका छन् ।

यो फिल्ममा रमणीय लोकेशनहरु कैद गरिएको फिल्मको ट्रेलरबाटै महसुस गर्न सकिन्छ । रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मले हरेक उमेरका दर्शकलाई मनोरञ्जन दिने संकेत सार्वजनिक ट्रेलरबाटै गर्न सकिन्छ ।

सार्वजनिक ट्रेलरले फिल्ममा त्रिकोणात्मक प्रेम कथाको संकेत गरेको छ, जहाँ प्रकास सपूत तथा उपासनाको प्रेम सम्बन्धमा धीरज मगरको प्रवेशले रोमाञ्चकता पैदा गर्ने देखिन्छ । हास्य अभिनेताबाट मुख्य अभिनेता बनिसकेका केदारप्रसाद घिमिरेलाई ट्रेलरमा प्रसस्त स्थान दिइएको छ । विभिन्न गेटअपमा उनले ट्रेलरमार्फत नै दर्शक हसाउँन सफल देखिएका छन् ।

यो फिल्ममा केदार प्रसाद घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।

चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद रहेको फिल्ममा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ । रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 September 2025
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने