प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच के कुराकानी भयो ?

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच के कुराकानी भयो ? : Icon Khabar

काठमाडौँ, असोज २ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्राथमिकता पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्री सुशीला कार्कीसँग व्यक्त गरेका छन्।

प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतका प्रधानमन्त्रीसँग बिहीवार भएको पहिलो टेलिफोन संवादमा कार्कीले निर्वाचन र युवाहरूको भावनाअनुरूप उत्तरदायी तथा भ्रष्टाचारमुक्त शासन व्यवस्था आफ्नो मुख्य प्राथमिकता रहेको बताएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।

“भारतीय प्रधानमन्त्रीले नेपाल सरकारका प्राथमिकताअनुसार पूर्ण सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ,” परराष्ट्र मन्त्रालयले दुई जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

टेलिफोन संवादका क्रममा कार्कीले मोदीलाई जन्मदिनको शुभकामना र मोदीले कार्कीलाई “इतिहास रच्दै देशको पहिलो महिला प्रधानमन्त्री” नियुक्त भएकोमा बधाई दिएका थिए। मोदीको जन्मदिन बुधवार थियो।

नेपालमा जेन जी नवयुवाहरूले आह्वान गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति पनि मोदीले दु:ख व्यक्त गरेका थिए। “हालै भएको दुःखद मानवीय क्षतिप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता कायम गर्ने उहाँको प्रयासप्रति भारतको दृढ समर्थन हुने प्रतिबद्धता मैले दोहोर्‍याएँ,” टेलिफोन वार्तापछि ‘एक्स’मा मोदीले गरेको पोस्टमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 September 2025
Website | + posts