फ्याटी लिभरको समस्या घटाउने यी तरकारीहरू

फ्याटी लिभरको समस्या घटाउने यी तरकारीहरू : Icon Khabar

काठमाडौं, असोज २ । पछिल्ला वर्षहरूमा नेपालमा पनि फ्याटी लिभरको समस्या तीव्र रूपमा बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । लिभरका कोषहरूमा आवश्यकभन्दा बढी बोसो जम्दा यो समस्या देखा पर्छ ।

प्रारम्भमा थकान, पेट भारी हुने अथवा कमजोरीजस्ता हल्का लक्षण मात्र देखिन्छन् । तर समयमै नियन्त्रण नगरेमा यो समस्या लिभर सिरोसिस, मधुमेह तथा मुटु रोग जस्ता गम्भीर रोगमा परिणत हुन सक्छ ।

विशेषज्ञहरूका अनुसार फ्याटी लिभरको मुख्य कारण अस्वस्थ जीवनशैली, अत्यधिक मदिरा सेवन, मोटोपना तथा मधुमेह हो । प्रारम्भमा प्रायः लक्षण नदेखिने भएकाले धेरैले बेवास्ता गर्ने गर्छन् । तर जीवनशैलीमै सुधार ल्याएर, स्वस्थ आहार अपनाएर र नियमित व्यायाम गरेर यसलाई घटाउन सकिन्छ ।

अध्ययनले देखाएको छ भने केही तरकारीहरूको सेवनले करिब तीन महिनामै यो समस्यामा सुधार ल्याउन सक्छ । पालुङ्गो, ब्रोकली, ब्रसेल्स स्प्राउट्स (सानो गोलो कोबी), केल (एक प्रकारको साग) तथा गाजरलाई खानपिनमा समावेश गर्दा लिभर स्वस्थ रहन्छ र बोसो जम्मा हुने क्रम घट्छ ।

– पालुङ्गोमा पाइने भिटामिन इ तथा सीले लिभरलाई क्षति हुनबाट जोगाउँछ र इन्सुलिन संवेदनशीलता बढाउँछ ।
– ब्रोकाउलीमा हुने ग्लुकोसिनोलेट्सले लिभर डिटोक्स गर्छ र बोसो घटाउँछ ।
– ब्रसेल्स स्प्राउट्समा पाइने इन्डोल तत्वले लिभर एन्जाइम सन्तुलनमा मद्दत गर्छ ।
– केलमा पाइने म्याग्नेसियम र एन्टिअक्सिडेन्टले लिभरको सुजन कम गर्छ ।
– गाजरमा हुने बीटा–क्यारोटिन भिटामिन ए मा परिणत भएर लिभरका कोषहरूको मर्मत गर्छ ।

चिकित्सकहरूले भनेका छन्– ‘फ्याटी लिभर कुनै सामान्य समस्या होइन । यदि समयमै ध्यान दिइएन भने यसले जीवनलाई खतरामा पार्न सक्छ । तर नियमित व्यायाम, सन्तुलित आहार तथा यी पाँच तरकारीलाई दैनिक खानामा समावेश गर्दा लिभर पुनः स्वस्थ बनाउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 September 2025
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने