फ्याटी लिभरको समस्या घटाउने यी तरकारीहरू

फ्याटी लिभरको समस्या घटाउने यी तरकारीहरू : Icon Khabar

काठमाडौं, असोज २ । पछिल्ला वर्षहरूमा नेपालमा पनि फ्याटी लिभरको समस्या तीव्र रूपमा बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । लिभरका कोषहरूमा आवश्यकभन्दा बढी बोसो जम्दा यो समस्या देखा पर्छ ।

प्रारम्भमा थकान, पेट भारी हुने अथवा कमजोरीजस्ता हल्का लक्षण मात्र देखिन्छन् । तर समयमै नियन्त्रण नगरेमा यो समस्या लिभर सिरोसिस, मधुमेह तथा मुटु रोग जस्ता गम्भीर रोगमा परिणत हुन सक्छ ।

विशेषज्ञहरूका अनुसार फ्याटी लिभरको मुख्य कारण अस्वस्थ जीवनशैली, अत्यधिक मदिरा सेवन, मोटोपना तथा मधुमेह हो । प्रारम्भमा प्रायः लक्षण नदेखिने भएकाले धेरैले बेवास्ता गर्ने गर्छन् । तर जीवनशैलीमै सुधार ल्याएर, स्वस्थ आहार अपनाएर र नियमित व्यायाम गरेर यसलाई घटाउन सकिन्छ ।

अध्ययनले देखाएको छ भने केही तरकारीहरूको सेवनले करिब तीन महिनामै यो समस्यामा सुधार ल्याउन सक्छ । पालुङ्गो, ब्रोकली, ब्रसेल्स स्प्राउट्स (सानो गोलो कोबी), केल (एक प्रकारको साग) तथा गाजरलाई खानपिनमा समावेश गर्दा लिभर स्वस्थ रहन्छ र बोसो जम्मा हुने क्रम घट्छ ।

– पालुङ्गोमा पाइने भिटामिन इ तथा सीले लिभरलाई क्षति हुनबाट जोगाउँछ र इन्सुलिन संवेदनशीलता बढाउँछ ।
– ब्रोकाउलीमा हुने ग्लुकोसिनोलेट्सले लिभर डिटोक्स गर्छ र बोसो घटाउँछ ।
– ब्रसेल्स स्प्राउट्समा पाइने इन्डोल तत्वले लिभर एन्जाइम सन्तुलनमा मद्दत गर्छ ।
– केलमा पाइने म्याग्नेसियम र एन्टिअक्सिडेन्टले लिभरको सुजन कम गर्छ ।
– गाजरमा हुने बीटा–क्यारोटिन भिटामिन ए मा परिणत भएर लिभरका कोषहरूको मर्मत गर्छ ।

चिकित्सकहरूले भनेका छन्– ‘फ्याटी लिभर कुनै सामान्य समस्या होइन । यदि समयमै ध्यान दिइएन भने यसले जीवनलाई खतरामा पार्न सक्छ । तर नियमित व्यायाम, सन्तुलित आहार तथा यी पाँच तरकारीलाई दैनिक खानामा समावेश गर्दा लिभर पुनः स्वस्थ बनाउन सकिन्छ ।’

Published Date: 18 September 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी