नेपालमा इन्टरनेशनल कार्ड नेटवर्कबाट राजस्व भुक्तानी शुरुवात, पर्यटकलाई सहज हुने

नेपालमा इन्टरनेशनल कार्ड नेटवर्कबाट राजस्व भुक्तानी शुरुवात, पर्यटकलाई सहज हुने : Icon Khabar

काठमाडौं, असोज २ । सरकारले इन्टरनेशनल कार्ड नेटवर्कबाट राजस्व भुक्तानी शुरुवात गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले राजश्व व्यवस्थापन सूचना प्रणालीमा अन्तराष्ट्रिय भुक्तानी प्रणाली अन्तर आवद्धता शुरु गरेका हुन्।

राजश्व व्यवस्थापन सूचना प्रणालीमा इन्टरनेशनल कार्ड नेटवर्कको अन्तर आवद्धता शुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकको लागि राजश्व भुक्तानी प्रक्रियाले सेवा प्रवाहलाई अनलाइन बनाउन सहयोग पुर्‍याएको महायलेना नियन्त्रक कार्यालयका प्रवक्ता दिपक लामिछानेले बताए।

‘यो भुक्तानी प्रणालीबाट मास्टर कार्ड, भिषा कार्ड, अलि पे लगायतका इन्टरनेशनल कार्ड नेटवर्कमा आवद्ध कार्डहरु मार्फत नेपाल सरकार अध्यागमन विभागद्वारा निर्धारित सेवा प्राप्त हुनेछ,’ लामिछानेले भने,‘त्रिभुवन विमानस्थल लगायतबाट प्रवेश गर्ने पर्यटकहरुले सहज रुपमा यो सेवा लिन शुरु भएको छ।’

तत्कालललाई अध्यागमन विभाग र अन्तर्गतका निकायबाट प्रवाह हुने अध्यागमन सम्बन्धी राजश्व भुक्तानीमा शुरुवात भए पनि आगामी दिनमा नेपाल सरकारका अन्य निकायहरुमा पनि विस्तार हुँदै जाने बताइएको छ।

Published Date: 18 September 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी