नेपालमा इन्टरनेशनल कार्ड नेटवर्कबाट राजस्व भुक्तानी शुरुवात, पर्यटकलाई सहज हुने

नेपालमा इन्टरनेशनल कार्ड नेटवर्कबाट राजस्व भुक्तानी शुरुवात, पर्यटकलाई सहज हुने : Icon Khabar

काठमाडौं, असोज २ । सरकारले इन्टरनेशनल कार्ड नेटवर्कबाट राजस्व भुक्तानी शुरुवात गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले राजश्व व्यवस्थापन सूचना प्रणालीमा अन्तराष्ट्रिय भुक्तानी प्रणाली अन्तर आवद्धता शुरु गरेका हुन्।

राजश्व व्यवस्थापन सूचना प्रणालीमा इन्टरनेशनल कार्ड नेटवर्कको अन्तर आवद्धता शुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकको लागि राजश्व भुक्तानी प्रक्रियाले सेवा प्रवाहलाई अनलाइन बनाउन सहयोग पुर्‍याएको महायलेना नियन्त्रक कार्यालयका प्रवक्ता दिपक लामिछानेले बताए।

‘यो भुक्तानी प्रणालीबाट मास्टर कार्ड, भिषा कार्ड, अलि पे लगायतका इन्टरनेशनल कार्ड नेटवर्कमा आवद्ध कार्डहरु मार्फत नेपाल सरकार अध्यागमन विभागद्वारा निर्धारित सेवा प्राप्त हुनेछ,’ लामिछानेले भने,‘त्रिभुवन विमानस्थल लगायतबाट प्रवेश गर्ने पर्यटकहरुले सहज रुपमा यो सेवा लिन शुरु भएको छ।’

तत्कालललाई अध्यागमन विभाग र अन्तर्गतका निकायबाट प्रवाह हुने अध्यागमन सम्बन्धी राजश्व भुक्तानीमा शुरुवात भए पनि आगामी दिनमा नेपाल सरकारका अन्य निकायहरुमा पनि विस्तार हुँदै जाने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 September 2025
Website | + posts