राखेपको कर्मचारी संघको केन्द्रीय अध्यक्षमा केसी निर्वाचित

राखेपको कर्मचारी संघको केन्द्रीय अध्यक्षमा केसी निर्वाचित : Icon Khabar

काठमाडौं, फागुन ५ । राष्ट्रिय खेलकुद परिषद्, कर्मचारी संघको केन्द्रीय कार्यसमितिको अध्यक्षमा सरस्वती केसी निर्वाचित भएकी छीन् । नेपाल गन्जमा फागुन ४ र ५ गते भएको संघको अधिवेशनले केसीको नेतृत्वमा ३५ सदस्यको कार्य समिति निर्वाचित गरेको छ ।

दुई प्यानल बनाएर निर्वाचनमा गएका कर्मचारीहरुले केसीलाई अध्यक्ष छनौट गर्दा वरिष्ट उपाध्यक्षमा सुमन घले, उपाध्यक्षमा ध्रुव प्रसाद खनाल र महिला उपाध्यक्षमा पार्वती राई निर्वाचित भएका छन भने महासचिवमा कुमार बस्नेत,उपमहासचिवमा गोपीकृष्ण निरौला,सचिवमा शैलेन्द्र श्रेष्ठ र मिन प्रसाद पोखरेल र कोषाध्यक्षमा रामकृष्ण घिमिरे चयन भएका निर्वाचन अधिकृत महेन्द्र राईले जानकारी दिएका छन् । सदस्यहरुमा, रेखा बस्नेत,विमला कार्की,सानुराजा केसी, दोवे तामाङ,पूर्ण कुमार योन्जन,अजुन ब कार्की,ब्रम्हदेव यादव,बिष्णुलाल श्रेष्ठ,अश्विनी कुमार अधिकारी,प्रविन रानामगर,भिमलाल विक,ढाकादेवी पराजुली र दुर्गा बस्नेत चयन भएका छन् । पैतिस सदस्यको कार्य समितिमा प्रदेश समितिका अध्यक्षहरु केन्द्रिय समितिमा पदेन उपाध्यक्ष रहने छन भने केन्द्रिय समितिले पाच जनालाई मनोनित गर्ने व्यवस्था कर्मचारी संघको विधानमा व्यवस्था रहेको छ । आजै पद हस्तान्तरण गरिएको समितिले जनाएको छ । नवनिर्वाचित केन्द्रिय समितिको पहिलो बैठक नेपाल गन्जमा नै बसको निर्वाचित अध्यक्ष सरस्वती केसीले जानकारी दिएकी छीन् ।

Published Date: 17 February 2023






ताजा
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता