राखेपको कर्मचारी संघको केन्द्रीय अध्यक्षमा केसी निर्वाचित

राखेपको कर्मचारी संघको केन्द्रीय अध्यक्षमा केसी निर्वाचित : Icon Khabar

काठमाडौं, फागुन ५ । राष्ट्रिय खेलकुद परिषद्, कर्मचारी संघको केन्द्रीय कार्यसमितिको अध्यक्षमा सरस्वती केसी निर्वाचित भएकी छीन् । नेपाल गन्जमा फागुन ४ र ५ गते भएको संघको अधिवेशनले केसीको नेतृत्वमा ३५ सदस्यको कार्य समिति निर्वाचित गरेको छ ।

दुई प्यानल बनाएर निर्वाचनमा गएका कर्मचारीहरुले केसीलाई अध्यक्ष छनौट गर्दा वरिष्ट उपाध्यक्षमा सुमन घले, उपाध्यक्षमा ध्रुव प्रसाद खनाल र महिला उपाध्यक्षमा पार्वती राई निर्वाचित भएका छन भने महासचिवमा कुमार बस्नेत,उपमहासचिवमा गोपीकृष्ण निरौला,सचिवमा शैलेन्द्र श्रेष्ठ र मिन प्रसाद पोखरेल र कोषाध्यक्षमा रामकृष्ण घिमिरे चयन भएका निर्वाचन अधिकृत महेन्द्र राईले जानकारी दिएका छन् । सदस्यहरुमा, रेखा बस्नेत,विमला कार्की,सानुराजा केसी, दोवे तामाङ,पूर्ण कुमार योन्जन,अजुन ब कार्की,ब्रम्हदेव यादव,बिष्णुलाल श्रेष्ठ,अश्विनी कुमार अधिकारी,प्रविन रानामगर,भिमलाल विक,ढाकादेवी पराजुली र दुर्गा बस्नेत चयन भएका छन् । पैतिस सदस्यको कार्य समितिमा प्रदेश समितिका अध्यक्षहरु केन्द्रिय समितिमा पदेन उपाध्यक्ष रहने छन भने केन्द्रिय समितिले पाच जनालाई मनोनित गर्ने व्यवस्था कर्मचारी संघको विधानमा व्यवस्था रहेको छ । आजै पद हस्तान्तरण गरिएको समितिले जनाएको छ । नवनिर्वाचित केन्द्रिय समितिको पहिलो बैठक नेपाल गन्जमा नै बसको निर्वाचित अध्यक्ष सरस्वती केसीले जानकारी दिएकी छीन् ।

Published Date: 17 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?