स्कटल्याण्डबिरुद्धको पहिलो खेलमा नेपालको सहज जित

स्कटल्याण्डबिरुद्धको पहिलो खेलमा नेपालको सहज जित : Icon Khabar

काठमाडौं, फागुन ५ । नेपालले राधानीमा जारी आईसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रृंखलाअन्तर्गत शुक्रबार नेपालले स्कटल्याण्डबिरुद्धको पहिलो खेलमा ३ विकेटको सहज जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शुक्रबार सम्पन्न खेलमा स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ३ ओभर बाँकी रहँदा भेटाउन सफल भएको हो । यस जितसँगै नेपालले एक दिवसीय क्रिकेटमा दोस्रो ठूलो रनको लक्ष्य पूरा गरेको छ । यस अघि यसै श्रृंखलामा नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ८ बलमा १६ रन , आसिफ शेखले १४ बलमा ९ रन , ज्ञानेन्द्र मल्ल ३ बलमा ४ रन , कप्तान रोहितकुमार पौडेलले १० बलमा ६ रन बनाएका थिए । कप्तान रोहित ६ रनमा आउट भएपछि मैदान आएका कुशल मल्लले सम्हालिएको प्रदर्शन गरे । उनले ६७ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ८१ रन बनाए । एकदिवसीय अन्तराष्ट्रियमा कुशलले बनाएको यो सर्वाधिक धेरै रन हो ।
यस्तै सन्दीप जोराले ५ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १ सय १६ बलमा अविजित ८५ रनको पारी खेलेका थिए । त्यस्तै गुल्सन झाले १७ रन बनाउँदा सोमपाल कामी ३२ बल खेल्दै २४ रनबाट जित निश्चित गरेका थिए ।

खेलमा दीपेन्द्र सिंह ऐरी प्लेयर अफ दि म्याच घोषित भए । यस खेलसँगै विश्वकप लिग–२ तालिकामा नेपालले २६ खेलबाट २२ अंक बनाएको छ । श्रृंखलामा शनिबार नेपाल र नामिबियाबीच खेल हुनेछ ।

Published Date: 17 February 2023






ताजा
धरौटीले होइन, नियमनले बचाउँछ विद्यार्थी: शैक्षिक परामर्श व्यवसायीहरूको चेतावनी
शुक्रबार सुनको मूल्यमा गिरावट
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न