स्कटल्याण्डबिरुद्धको पहिलो खेलमा नेपालको सहज जित

स्कटल्याण्डबिरुद्धको पहिलो खेलमा नेपालको सहज जित : Icon Khabar

काठमाडौं, फागुन ५ । नेपालले राधानीमा जारी आईसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रृंखलाअन्तर्गत शुक्रबार नेपालले स्कटल्याण्डबिरुद्धको पहिलो खेलमा ३ विकेटको सहज जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शुक्रबार सम्पन्न खेलमा स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ३ ओभर बाँकी रहँदा भेटाउन सफल भएको हो । यस जितसँगै नेपालले एक दिवसीय क्रिकेटमा दोस्रो ठूलो रनको लक्ष्य पूरा गरेको छ । यस अघि यसै श्रृंखलामा नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ८ बलमा १६ रन , आसिफ शेखले १४ बलमा ९ रन , ज्ञानेन्द्र मल्ल ३ बलमा ४ रन , कप्तान रोहितकुमार पौडेलले १० बलमा ६ रन बनाएका थिए । कप्तान रोहित ६ रनमा आउट भएपछि मैदान आएका कुशल मल्लले सम्हालिएको प्रदर्शन गरे । उनले ६७ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ८१ रन बनाए । एकदिवसीय अन्तराष्ट्रियमा कुशलले बनाएको यो सर्वाधिक धेरै रन हो ।
यस्तै सन्दीप जोराले ५ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १ सय १६ बलमा अविजित ८५ रनको पारी खेलेका थिए । त्यस्तै गुल्सन झाले १७ रन बनाउँदा सोमपाल कामी ३२ बल खेल्दै २४ रनबाट जित निश्चित गरेका थिए ।

खेलमा दीपेन्द्र सिंह ऐरी प्लेयर अफ दि म्याच घोषित भए । यस खेलसँगै विश्वकप लिग–२ तालिकामा नेपालले २६ खेलबाट २२ अंक बनाएको छ । श्रृंखलामा शनिबार नेपाल र नामिबियाबीच खेल हुनेछ ।

Published Date: 17 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?