भिपिएन मार्फत सामाजिक सञ्जाल नचलाउनुस: नेपाल सरकार

भिपिएन मार्फत सामाजिक सञ्जाल नचलाउनुस: नेपाल सरकार : Icon Khabar

काठमाडौँ, भदौ २३ । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाइएकाले भर्जुअल प्राइभेट नेटवर्क (भिपिएन) मार्फत त्यस्ता सञ्जाल नचलाउन आग्रह गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले आइतबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल भिपिएनमार्फत प्रयोग गर्दा असुरक्षित, अनधिकृत र जोखिमयुक्त हुने भएकाले नचलाउन अनुरोध गरेका हुन्। आमसर्वसाधरणले भिपिएनमार्फत सामाजिक सञ्जाल निर्वाध रूपमा चलाइरहेका छन् ।

सरकारले सामाजिक सञ्जाललाई सूचीकरण हुन पाँचौँ पटक आग्रह गरेको छ । नेपालमा सञ्जालमा रहेका सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटर्फमले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका–२०८० बमोजिम सूचीकरण हुन आग्रह गरेको प्रवक्ता ठाकुरले बताए। सामाजिक सञ्जालले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी, स्वनियमन परिपालना निगरानी गर्ने अधिकारी तोकेर सूचीकरण हुन सबै सामाजिक सञ्जाललाई आग्रह गरिएको उनले बताए।

आमनागरिकले प्रयोग गर्ने सामाजिक सञ्जाल प्लेटर्फम निषेध, नियन्त्रण वा सङ्कुचित गर्ने नभएर स्वनियमनको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रूपमा प्रयोग गर्ने वातावरण बनाउन मन्त्रालयले आग्रह गरेको छ । साथै मन्त्रालयले सामाजिक सञ्जाल नियमन गर्ने विषयलाई कार्यान्वयनमा सहयोग पु¥याउन आमसर्वसाधारणमा अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 September 2025
Website | + posts