मुक्तिनाथ (मुस्ताङ), भदौ २३ । बाढीपहिरोका कारण चीनलाई जोड्ने प्रमुख व्यापारिक रसुवा र तातोपानी नाका पूर्ण रुपमा ठप्प भएपछि वैकल्पिक मार्गको रुपमा उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ नेचुङस्थित कोरला नाका प्रयोग गरिने भएको छ ।
नेपालीको मुख्य चाडपर्वको मुखमा दसैं र तिहार लगायतका चाडपर्वका लागि लक्षित गरिएका कन्टेनरहरू नाकामा रहेको चिनियाँ भन्सारमा आउन थालेको नेचुङ भन्सार कार्यालयले जनाएको छ । तत्काल रसुवा र तातोपानी नाका सञ्चालनमा आउने सम्भावना न्यून भएपछि नेपाली ब्यापारीले कन्टेनरलाई चीनको सिगात्से प्रान्तको झोम्वासेन हुदै नेचुङ–लिजी भन्सार कार्यालयमा ल्याउन थालेपछि भन्सार कार्यालयमा जनशक्ती समेत ब्यवस्थापन गरिएको छ ।
कोरला भन्सार कार्यालयका प्रमुख अधिकृत रमेश खड्काका अनुसार भन्सार कार्यालयमा रसुवाबाट नासु २ जना, कम्युटर अफरेटर १ जना थप जनशक्ती सहित आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । भन्सार प्रमुख खड्काले भने, ‘‘आवश्यकता अनुसार विभागबाट जनशक्ती थपिने छ, यो नाका अब ब्यस्त हुन्छ ।’’
भन्सार कार्यालय प्रमुखक खड्काका अनुसार राजश्व प्रणाली जडान गरिएको छ भने वित्तिय सेवाका लागि प्रभु बैंक लोमान्थाङ शाखाले काउन्टर खोलेको छ । नेचुङ भन्सार कार्यालयमा आउने सामान कालीगण्डकी कोरिडोरको कोरला–जोमसोम–बेनी सडकखण्ड हुदै बाहिरिने छ । कार्यालय प्रमुख खड्काले यसपटक पाँच सयभन्दा बढी इभी गाडी समेत नेचुङबाट भित्रिने जानकारी आएको बताए।
रसुवा र तातोपानी नाकामा अलपत्र परेका सबै कन्टेनरमा कोरला नाकातर्फ आउन थालेपछि आवश्यक तयारीमा जुटेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले बताए । नाकाबाट बाहिरिएका सामानको सुरक्षा सहित आवश्यक समन्वय गरिने बताए। अन्तरदेशीय ब्यापारलाई आवश्यक पर्ने सरकारी संरचना, जनशक्तीको अभावका कारण नाका सञ्चालनमा आएपछि मुस्ताङका ब्यवसायीले स्थानीय प्रयोजनका लागि सामान ढुवानी गर्ने गरेको अवस्थामा रसुवा र तातोपानी नाकाका सामान कोरला नाका हुदै जाने भएपछि उपल्लो मुस्ताङबासी समेत उत्साहित छन् । रसुवा नाका गत असार २४ देखि बन्द छ भने कोदारी क्षेत्रको सडक पहिरोका कारण तातोपानी नाका बिग्रिएको छ । नाकाबाट हालसम्म आउने सामानमा लत्ताकपडा, जुत्ता चप्पल र विद्युतीय गाडी रहेको बताइएको छ । वि.स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन गरी खुल्ला गरिएको नाकाबाट हुने आयातले हालसम्मै सबैभन्दा ठूलो राजस्व सङ्कलन समेत हुने भएको छ ।
समुन्द्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाकामा लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लोघेकरदामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ–लिचीबाट सामान ल्याउने अनुमति छ । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको थियो । यसअगाडी भन्सार विभागमा मुस्ताङका जनप्रतिनिधिले व्यवसायिक रुपमा खोल्न माग समेत गरेका थिए । यसपटक वैकल्पिक रुपमा प्रयोग गरिने नाकालाई आगामी दिनमा ब्यवसायिक रुपमा सञ्चालन गर्न समेत सहज हुने मुस्ताङका जनप्रतिनिधिको भनाइ छ ।
Published Date: 08 September 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1