इन्द्रजात्रामय बन्यो राजधानी सहर काठमाडौँ (फोटो फिचर)

इन्द्रजात्रामय बन्यो राजधानी सहर काठमाडौँ (फोटो फिचर) : Icon Khabar

काठमाडौं, भदौ २२ । नेपालमा इन्द्रजात्राको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व रहेको छ । काठमाडौँ उपत्यकामा विशेष रूपमा मनाइने यो जात्रा इन्द्र देवताको सम्मानमा आयोजना गरिन्छ जो हिन्दु धर्ममा वर्षा र सम्पूर्ण सृष्टिका देवताको रूपमा पुजिन्छ ।

इन्द्रजात्रा नेवार समुदायको मुख्य पर्वहरूमध्ये एक हो, तर यसमा सबै समुदायको सहभागिता रहन्छ।

 

इन्द्रजात्रा खासगरी काठमाडौँको हनुमानढोकामा आठ दिनसम्म मनाइन्छ । जात्राको पहिलो दिन यःसिं (लिङ्गो) ठड्याउने प्रचलन छ, जसलाई इन्द्रको प्रतीक मानिन्छ । यस जात्रामा (कुमारी यात्रा) विशेष आकर्षण हो, जहाँ जीवित देवी कुमारीको रथयात्रा गरिन्छ ।

जात्राका अवसरमा लाखे नाच, दश अवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाच लगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

Published Date: 07 September 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु