आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, भदौ १९ । आज २०८२ भदौ १९ गते बिहीवार, तद्अनुसार ४ सेप्टेम्बर २०२५ । आज भदौ शुक्ल द्वादशी, सौभाग्य बव उत्तरषाढा, वामन द्वादशी व्रत, सूर्योदय बिहानः ०५ः४४ बजे, सूर्यास्त साँझः १८ः२१ बजे ।

आजको राशिफल

मेष राशि
मेष राशि भएकाहरुको बक्यौता उठाउने प्रयास सफल रहने छ । व्यावसायिक यात्रा सफल हुनेछ । आम्दानीका नयाँ स्रोत प्राप्त हुन सक्छन् । व्यापार–व्यवसायमा लाभ हुनेछ । प्रेम सम्बन्धमा अनुकूलता रहने छ ।
शुभ रंगः बैजनी, शुभ अंकः ७

वृष राशि
वृष राशि भएकाहरुले बोलीमा नियन्त्रण राख्नु होला । कसैको व्यवहारबाट कष्ट हुन सक्छ । पुरानो रोग पुनः देखापर्न सक्छ । जोखिमपूर्ण कार्य नगर्नु होला । पारिवारिक चिन्ता बढ्ने छ ।
शुभ रंगः पहेँलो, शुभ अंकः ९

मिथुन राशि
मिथुन राशि भएकाहरुको शत्रु परास्त हुनेछन् । विवादलाई नबढाउनु होला । प्रयास सफल हुनेछन् । सामाजिक प्रतिष्ठा बढ्ने छ । आम्दानीका स्रोतहरूमा वृद्धि हुन सक्छ । मन प्रसन्न रहने छ ।
शुभ रंगः रातो, शुभ अंकः ३

कर्कट राशि
कर्कट राशि भएकाहरुले लेनदेनमा सावधानी अपनाउनु होला । शारीरिक पीडा हुन सक्छ । शुभ समाचार प्राप्त हुनेछ । आत्म विश्वास बढ्ने छ । परिवारसँग मनोरञ्जनको कार्यक्रम बन्न सक्छ ।
शुभ रंगः नीलो, शुभ अंकः ६

सिंह राशि
सिंह राशि भएकाहरुको रोजगार प्राप्तिका प्रयास सफल हुनेछन् । अप्रत्याशित लाभ हुन सक्छ । व्यावसायिक यात्रा सफल हुनेछ । कुनै ठूलो समस्याबाट मुक्ति मिल्न सक्छ । आम्दानी बढ्ने छ । खुशी बढ्ने छ ।
शुभ रंगः नीलो, शुभ अंकः ५

कन्या राशि
कन्या राशि भएकाहरुको अचानक खर्चहरू देखा पर्न सक्छन् । स्वास्थ्य कमजोर रहने छ । विवादमा उल्झिन सक्नुहुन्छ । अपेक्षित कार्यहरूमा ढिलो हुनेछ । आम्दानीमा कमी आउन सक्छ ।
शुभ रंगः गुलावी, शुभ अंकः ७

तुला राशि
धन आर्जन सजिलो हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछ । पढाइमा मन लाग्ने छ । टाढाको यात्राको योजना बन्न सक्छ ।वरिष्ठ व्यक्तिको मार्गदर्शन पाइने छ ।
शुभ रंगः हरियो, शुभ अंकः ३

वृश्चिक राशि
वृश्चिक राशि भएकाहरुको नयाँ आर्थिक नीति बन्ने छ। कार्यशैलीमा सुधार हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ । साझेदारहरूको सहयोग पाइने छ । समयको लाभ लिनु होला । व्यावसायिक यात्रा सफल हुनेछ ।
शुभ रंगः केशरी, शुभ अंकः ८

धनु राशि
धनु राशि भएकाहरुमा बेचैनी रहने छ । चोटपटक वा रोगबाट बच्नु होला । अदालतको काम सहज हुनेछ । पूजा–पाठमा मन लाग्ने छ । तीर्थयात्राको योजना बन्न सक्छ । लाभका अवसरहरू प्राप्त हुनेछन् ।
शुभ रंगः बैजनी, शुभ अंकः ८

मकर राशि
मकर राशि भएकाहरुको स्वास्थ्य कमजोर रहने छ । विवादबाट कष्ट हुन सक्छ । अपेक्षित कार्यहरूमा बाधा आउन सक्छ । जोखिमपूर्ण कार्य नगर्नु होला । राज्यका प्रतिनिधिहरूको सहयोग पाइने छ ।
शुभ रंगः हरियो, शुभ अंकः ८

कुम्भ राशि
कुम्भ राशि भएकाहरुको आज अदालतको काम सहज हुनेछ । जीवनसाथीबाट सहयोग पाइने छ । मन प्रसन्न रहने छ । गलत निर्णय हावी हुन सक्छ । स्वास्थ्य कमजोर रहने छ ।
शुभ रंगः नीलो, शुभ अंकः ९

मीन राशि
मीन राशि भएकाहरुको आज धन प्राप्ति सजिलो हुनेछ । ऐश्वर्यका साधनहरूमा अचानक ठूलो खर्च हुन सक्छ । कारोबार, रोजगारमा वृद्धि हुनेछ । धनसम्बन्धी विषयमा अपरिचितप्रति अत्यधिक विश्वास नगर्नु होाल ।
शुभ रंगः सेतो, शुभ अंकः ५

Published Date: 04 September 2025






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न