काठमाडौं, भदौ १९ । आज २०८२ भदौ १९ गते बिहीवार, तद्अनुसार ४ सेप्टेम्बर २०२५ । आज भदौ शुक्ल द्वादशी, सौभाग्य बव उत्तरषाढा, वामन द्वादशी व्रत, सूर्योदय बिहानः ०५ः४४ बजे, सूर्यास्त साँझः १८ः२१ बजे ।
आजको राशिफल
मेष राशि
मेष राशि भएकाहरुको बक्यौता उठाउने प्रयास सफल रहने छ । व्यावसायिक यात्रा सफल हुनेछ । आम्दानीका नयाँ स्रोत प्राप्त हुन सक्छन् । व्यापार–व्यवसायमा लाभ हुनेछ । प्रेम सम्बन्धमा अनुकूलता रहने छ ।
शुभ रंगः बैजनी, शुभ अंकः ७
वृष राशि
वृष राशि भएकाहरुले बोलीमा नियन्त्रण राख्नु होला । कसैको व्यवहारबाट कष्ट हुन सक्छ । पुरानो रोग पुनः देखापर्न सक्छ । जोखिमपूर्ण कार्य नगर्नु होला । पारिवारिक चिन्ता बढ्ने छ ।
शुभ रंगः पहेँलो, शुभ अंकः ९
मिथुन राशि
मिथुन राशि भएकाहरुको शत्रु परास्त हुनेछन् । विवादलाई नबढाउनु होला । प्रयास सफल हुनेछन् । सामाजिक प्रतिष्ठा बढ्ने छ । आम्दानीका स्रोतहरूमा वृद्धि हुन सक्छ । मन प्रसन्न रहने छ ।
शुभ रंगः रातो, शुभ अंकः ३
कर्कट राशि
कर्कट राशि भएकाहरुले लेनदेनमा सावधानी अपनाउनु होला । शारीरिक पीडा हुन सक्छ । शुभ समाचार प्राप्त हुनेछ । आत्म विश्वास बढ्ने छ । परिवारसँग मनोरञ्जनको कार्यक्रम बन्न सक्छ ।
शुभ रंगः नीलो, शुभ अंकः ६
सिंह राशि
सिंह राशि भएकाहरुको रोजगार प्राप्तिका प्रयास सफल हुनेछन् । अप्रत्याशित लाभ हुन सक्छ । व्यावसायिक यात्रा सफल हुनेछ । कुनै ठूलो समस्याबाट मुक्ति मिल्न सक्छ । आम्दानी बढ्ने छ । खुशी बढ्ने छ ।
शुभ रंगः नीलो, शुभ अंकः ५
कन्या राशि
कन्या राशि भएकाहरुको अचानक खर्चहरू देखा पर्न सक्छन् । स्वास्थ्य कमजोर रहने छ । विवादमा उल्झिन सक्नुहुन्छ । अपेक्षित कार्यहरूमा ढिलो हुनेछ । आम्दानीमा कमी आउन सक्छ ।
शुभ रंगः गुलावी, शुभ अंकः ७
तुला राशि
धन आर्जन सजिलो हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछ । पढाइमा मन लाग्ने छ । टाढाको यात्राको योजना बन्न सक्छ ।वरिष्ठ व्यक्तिको मार्गदर्शन पाइने छ ।
शुभ रंगः हरियो, शुभ अंकः ३
वृश्चिक राशि
वृश्चिक राशि भएकाहरुको नयाँ आर्थिक नीति बन्ने छ। कार्यशैलीमा सुधार हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ । साझेदारहरूको सहयोग पाइने छ । समयको लाभ लिनु होला । व्यावसायिक यात्रा सफल हुनेछ ।
शुभ रंगः केशरी, शुभ अंकः ८
धनु राशि
धनु राशि भएकाहरुमा बेचैनी रहने छ । चोटपटक वा रोगबाट बच्नु होला । अदालतको काम सहज हुनेछ । पूजा–पाठमा मन लाग्ने छ । तीर्थयात्राको योजना बन्न सक्छ । लाभका अवसरहरू प्राप्त हुनेछन् ।
शुभ रंगः बैजनी, शुभ अंकः ८
मकर राशि
मकर राशि भएकाहरुको स्वास्थ्य कमजोर रहने छ । विवादबाट कष्ट हुन सक्छ । अपेक्षित कार्यहरूमा बाधा आउन सक्छ । जोखिमपूर्ण कार्य नगर्नु होला । राज्यका प्रतिनिधिहरूको सहयोग पाइने छ ।
शुभ रंगः हरियो, शुभ अंकः ८
कुम्भ राशि
कुम्भ राशि भएकाहरुको आज अदालतको काम सहज हुनेछ । जीवनसाथीबाट सहयोग पाइने छ । मन प्रसन्न रहने छ । गलत निर्णय हावी हुन सक्छ । स्वास्थ्य कमजोर रहने छ ।
शुभ रंगः नीलो, शुभ अंकः ९
मीन राशि
मीन राशि भएकाहरुको आज धन प्राप्ति सजिलो हुनेछ । ऐश्वर्यका साधनहरूमा अचानक ठूलो खर्च हुन सक्छ । कारोबार, रोजगारमा वृद्धि हुनेछ । धनसम्बन्धी विषयमा अपरिचितप्रति अत्यधिक विश्वास नगर्नु होाल ।
शुभ रंगः सेतो, शुभ अंकः ५
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1